विश्वनिकेतनलाई नयाँ भवन हस्तान्तरण

 काठमाडौँ , २९ असार । 

राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोग र एसियन डेभलपमेन्ट बैँकको संयुत सहयोगमा काठमाडौँ त्रिपुरेश्वरस्थित विश्वनिकेतन सामुदायिक विद्यालयलाई अत्याधुनिक प्रविधियुत २४ कोठे  तिनतले भवन शनिवार आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको छ । 

राष्ट्रिय पुननिर्माण प्राधिकरण प्रमुख ईमानारायण श्रेष्ठ र एसियन डेभलपमेन्ट बैँकका प्रतिनिधिको तर्फबाट साढे ६ करोडमा निर्मित उत भवन हस्तान्तरण  गरिएको हो । २०७२ सालको विनाशकारी भूकम्पपश्चात् क्षतिग्रस्त काठमाडौँ त्रिपुरेश्वरस्थित विश्वनिकेतन विद्यालयले अस्थायी टहरामा अध्यापन गराउँदै आइरहेको थियो । नयाँ भवन निर्माणपश्चात् विद्यार्थीहरुलाई पढ्न धेरै सुलभ हुने धारणा  प्रधानाध्यापक हेरम्बराज कडेँलको रहेको छ ।


भवन हस्तान्तरण कार्यक्रममा काठमाडौँ प्रदेश नं —३ का माननीय  सांसद दिपेन्द्र श्रेष्ठ , शिक्षा विभाग तथा समन्वय ईकाइ कमिटिका प्रमुख नन्दलाल पौडेल , काठमाडौँ महानगरपालिका शिक्षा विभागका तर्फबाट तारापति खरेल, ज्ञानोदय मा.वि. बाफलका प्रधानाध्यापक नातिकाजी मर्हजनले विद्यालयको एसईई नतिजाको प्रशंसा गरी अझै राम्रो नतिजा बनाउनमा सरोकारवालाहरु सबैले साथ र सहयोग गनुपर्ने आग्रह गर्नुभएको थियो । 



देशभरका १०+२ सामुदायिक विद्यालयहरुबीच राष्ट्रिय शिक्षा पुरस्कार २०७४, राष्ट्रिय शिक्षा पुरस्कार७५ बाट लगातार दुई पटक सम्मानित भैसकेको यस विद्यालयमा जम्मा २८५० विद्यार्थीहरु अध्ययनरत छन् । २०७५ सालको एसईई नतिजामा विश्वनिकेतन विद्यालयबाट विद्यार्थी भेषराज उपाध्यायले  जिपिए ४.० ल्याएका छन् भने गे्रड ए प्लस, ए, बी प्लस, बी  ल्याउनेको संख्या क्रमश;२१, ५८, ६२ र ४१ जना रहेको छ ।

उद्घाटन समारोहमा  शिक्षामन्त्री गिरिराजमणी पोख्रेल भने बाटो अवरुद्ध भएका कारण तय गरिएको कार्यक्रममा पाल्न सक्नुभएको थिएन तर उहाँ अर्को पटक विद्यालयको अवलोकन गर्नुहुने कार्यक्रम रहेको छ ।