After SEE Portal

‘डिप्लोमा इन सिविल इञ्जिनीयरिङ’ का लागि नयाँ भवन

Bridge Course

हेटौँडा, १६ पुस: हेटौँडाको सामुदायिक विद्यालय भुटनदेवी माध्यमिक विद्यालयमा प्राविधिक कक्षा सञ्चालनका लागि भवन निर्माण गर्ने कार्यको शुरु भएको छ । 

विद्यालयले तीनवर्षे ‘डिप्लोमा इन सिविल इञ्जिनीयरिङ’ को कक्षा सञ्चालनका लागि तीन तले भवनको प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले शिलान्यास गर्नुभयो । 

प्रत्येक तलामा नौ वटा कोठा हुने र सम्पूर्ण निर्माण सम्पन्न गर्न करीब रु छ करोड लाग्ने भए पनि यो वर्ष भवनको पहिलो तलामात्र निर्माण गरिने विद्यालयका प्रधानाध्यापक माधव प्रसाद दाहालले जानकारी दिनुभयो । 

“विद्यालयको ६० लाख र बाँकी अन्य स्रोत जुटाएर यो वर्ष एक तलाको निर्माण सम्पन्न गर्ने योजना छ”, उहाँले भन्नुभयो । भवनको प्राविधिक मूल्याङ्कन र सम्पूर्ण डिजाइनसमेत विद्यालयकै इञ्जिनीयरले गरेको र पहिलो तलाका लागि रु एक करोड ७० लाख लाग्ने अनुमान गरिएको विद्यालयका सिविल इञ्जिनीयर विभागका प्रशिक्षक तथा इञ्जिनीयर मनिष महर्जनले जानकारी दिनुभयो । 

सो अवसरमा खतिवडाले भुटनदेवी माध्यामिक विद्यालयले जिल्लाका लागि मात्र नभएर देशकै शैक्षिक क्षेत्रमा योगदान दिएको बताउनुभयो । 

हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलले शिलान्यास गर्नुभन्दा पनि काम सम्पन्न गर्नु ठूलो कुरा भएको बताउँदै गुणस्तरीय काम गराएर बेलैमा काम सम्पन्न गराउन लाग्नुपर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दाहालले भवन अभावका कारण सोचेजति विद्यार्थीलाई भर्ना गर्न नसकिएको बताउनुभयो । 

विद्यालयमा हाल एक हजार २०० विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा यसबाहेक पुनःनिर्माण प्राधिकरणअन्तर्गत रु छ करोडको लागतमा अर्को भवन निर्माण कार्य पनि भइरहेको जनाइएको छ । आगामी माघ महिनासम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि काम सोचेअनुसार अगाडि नबढेको पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ । 

A Levels MA