After SEE Portal

ब्रिटिस कलेजको नयाँ छात्रवृत्ति घोषणा

Bridge Course

द ब्रिटिस कलेज (टीबीसी)ले नयाँ छात्रवृत्ति कार्यक्रम ‘द ओएचसिटी छात्रवृत्ति (२०२२)’ प्रदान गर्ने भएको छ । कलेजले यो छात्रवृत्ति एक जना नयाँ विद्यार्थीलाई प्रदान गर्ने भएको हो

यो छात्रवृत्तिलेपूर्ण ट्यूशन, विश्वविद्यालय दर्ता र पढाई अवधिभर परीक्षा शुल्कमा छात्रवृत्ति प्रदान गर्ने भएको कलेजले जानकारी दियो । ओ‘हाय परिवारद्वारा प्रदान गरिने यो फेलोसिप ब्रिटिश कलेजमअध्ययनरत विपन्न विद्यार्थीहरूलाई मद्दत गर्ने उद्देश्यका साथ प्रदान गर्ने भएको हो ।

यो कलेज स्नातकका विद्यार्थीलाई प्रदान गरिने भएको हो । ओ‘हाय परिवारले कलेजले उपलब्ध गराउने अन्तर्राष्ट्रिय स्तरको शिक्षा सबै पृष्ठभूमिका विद्यार्थीहरुको पहुँचमा पुगोस् भन्ने उदेश्यले यो फेलोसिप उपलब्ध गराउन लागेको हो ।

स्नातक तहका कोर्सहरु बीबीबए, बिएस्सी (हन्स) कम्प्युटिङ, बिएस्सी (हन्स) बिजनेश हस्पिटालिटी एण्ड म्यानेजमेन्ट र ब्राण्ड न्यु कोर्स बिएस्सी (हन्स) साइबर सेक्युरिटी, डिजिटल फरेन्सिक्सका लागि विद्यार्थीहरुले आवेदन दिन सक्ने कलेजले जानकारी दिएको छ ।

कलेजले यो आवेदन २५ डिसेम्बर, २०२१ सम्मका लागि खुल्ला गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books