CMAT

उपप्राध्यापक नेत्रविनोद भट्टराईलाई विद्यावारिधि

उपप्राध्यापक नेत्रविनोद भट्टराईले संस्कृतमा विद्यावारिधिको उपाधि प्राप्त गर्नुभएको छ ।

भट्टराईले नेपाल संस्कृत विश्वविद्यालयबाट ‘भागवत पुराणमा प्रयुक्त अव्यय शब्दहरुको निर्वचन र पाणिनीय दृष्टिमा अनुशीलन’ (संस्कृत भाषामा) शीर्षकमा विद्यावारिधि गर्नुभएको हो । उहाँले भागवतमा प्रयोग भएका लौकिक संस्कृतका लगभग तीन हजार अव्यय शब्दहरुको अध्ययन गर्नुभएको हो ।

विसं २०२९ मा भोजपुर जिल्लाको भुल्के (हाल रामप्रसाद राई गाउँपालिका–३) मा जन्मनुभएका भट्टराई हाल पिण्डेश्वर विद्यापीठ धरानमा विगत आठ वर्षदेखि अध्यापनरत हुनुहुन्छ ।

Thuprai - Books and E-books