After SEE Portal

कामपाका सबै विद्यालयमा नेपाल भाषा अनिवार्य

Bridge Course

काठमाडौं महानरपालिकाले सबै विद्यालयलाई नेपाल भाषाको पठनपाठन अनिवार्य गर्न निर्देशन दिएको छ । महानगरको शिक्षा विभागले तयार पारेको स्थानीय पाठ्यक्रममा समाविष्ट सो विषयको पठनपाठन महानगरले अनिवार्य गरेको हो ।

गत असोज १९ गते सम्पन्न नगरकार्यपालिकाको ५१ औं बैठकले महानगर भित्र कक्षा १ देखि ८ सम्म नेपाल भाषाको स्थानीय पाठ्यक्रम अनिवार्य लागु गर्ने निर्णय गरेको थियो ।

महानगरले हालै आफ्ना सबै विद्यालयलाई पत्राचार गरी कक्षा ८ सम्म अनिवार्य स्थानीय पाठ्यक्रम लागु गर्न र पाठ्यक्रम नपुगेका विद्यालयलाई पाठ्यक्रम लान समेत आग्रह गरेको महानगरको शिक्षा विभागले जानकारी दियो ।

संविधान प्रदत्त अधिकारलाई प्रयोग गरी महानगरले लामो समय लगाएर स्थानीय पाठ्यक्रम तयार गरेको थियो ।

यही शैक्षिकसत्रबाट लागु गरिने सो पाठ्यक्रम कार्यान्वयनमा विश्वव्यापी महामारीका कारण केही समस्या भएको विद्यालयको गुनासो छ ।

महानगर क्षेत्र भित्रका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीले अनिवार्य रुपमा १०० पूर्णाङकको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने महानगरको नीति छ ।

स्थानीय पाठ्यक्रममा महानगर र सेरोफेरो, हाम्रो संस्कृति–हाम्रो पह्चिान, स्वच्छ हराभरा काठमाडौं, काठमाडौंको विगत, स्थानीय कला र व्यक्ति, व्यक्तित्व, स्थानीय पेसा व्यवसाय र पर्यटन लगायतका विषय समेटिएको छ। 

यसका साथै स्थानीय चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषयबारे परिचित गराउने उद्देश्यले यस्तो पाठ्यक्रम तयार पारेको शिक्षा विभागका अधिकृत तारापति खरेलले बताए ।

पाठ्यक्रममा काठमाडौँ महानगरपालिका भित्रका ६० र उपत्यकाका ४० प्रतिशत विषयवस्तु समेटिएको अधिकृत खरेलले बताए ।

स्थानीय पाठ्यक्रम नेपाल भाषा, नेपाली र अंग्रेजी भाषाको माध्यमबाट पठनपाठन गरिने र नेपाल भाषा ऐच्छिक विषयका रुपमा रहने गरी पाठ्यक्रम निर्माण गरिएको भन्दै आएको महानगरले पछिल्लो समय सबै विद्यालयमा नेपाल भाषा अनिवार्य गरेको हो ।

सो पाठ्यक्रम स्थानीय भाषाबाटै पठनपाठन गर्ने गरी सातौं नगरसभाले नीतिगत निर्णय गरेको थियो । महानगरले स्थानीय पाठ्यक्रम निर्माणका लागि नेपाल भाषा र नेपाली तथा अङ्ग्रेजी भाषाका लागि दुई समिति गठन गरेको थियो ।

सो समितिमा नेपाल भाषाका लागि तत्कालीन शिक्षा अधिकारी निर्मला केसीको अध्यक्षतामा प्राडा चुन्दा बज्राचार्य, हरिभक्त श्रेष्ठ र सदस्यसचिव मोतिराज खनाल रहेका थिए ।

त्यसैगरी अङ्ग्रेजी र नेपाली भाषाका लागि प्राडा चुन्दा बज्राचार्य, मदनराज मानन्धर, माधव घिमिरे, नातिकाजी महर्जन र ज्ञानबहादुर अधिकारी सदस्य रहेको समितिले पाठ्यक्रम निर्माण गरेको हो।

महानगरभित्रका सामुदायिक र संस्थागत सबै ७५० विद्यालयमा यही शैक्षिकसत्रबाट नेपाल भाषाको पाठ्यक्रम अनिवार्य गरिएको छ ।त्रबाट लागु गरिने सो पाठ्यक्रम कार्यान्वयनमा विश्वव्यापी महामारीका कारण केही समस्या भएको विद्यालयको गुनासो छ । स्थानीय भाषाबाटै पठनपाठन गर्ने गरी महानगरको सातौं नगरसभाले निर्णय गरेको थियो ।

महानगर क्षेत्र भित्रका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीले अनिवार्य रुपमा १०० पूर्णाङकको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने महानगरको नीति छ ।

महानगर र सेरोफेरो, हाम्रो संस्कृति–हाम्रो पह्चिान, स्वच्छ हराभरा काठमाडौं, काठमाडौंको विगत, स्थानीय कला र व्यक्ति, व्यक्तित्व, स्थानीय पेसा व्यवसाय र पर्यटन लगायतका विषय समेटेको पाठ्यक्रम तयार गरेको छ । 

स्थानीय चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषयबारे परिचित गराउने उद्देश्यले यस्तो पाठ्यक्रम तयार पारेको शिक्षा विभागका अधिकृत तारापति खरेलले बताए ।

पाठ्यक्रममा काठमाडौँ महानगरपालिका भित्रका ६० र उपत्यकाका ४० प्रतिशत विषयवस्तु समेटिएको अधिकृत खरेलले बताए ।

स्थानीय पाठ्यक्रम नेपाल भाषा, नेपाली र अंग्रेजी भाषाको माध्यमबाट पठनपाठन गरिने र नेपाल भाषा ऐच्छिक विषयका रुपमा रहने गरी पाठ्यक्रम निर्माण गरिएको भन्दै आएको महानगरले पछिल्लो समय सबै विद्यालयमा नेपाल भाषा अनिवार्य गरेको हो ।

‘स्थानीय पाठ्यक्रम निर्माणका नेपाल भाषा र नेपाली तथा अङ्ग्रेजी भाषाका लागि दुई समिति गठन गरेको थियो ।

सो समितिमा नेपाल भाषाका लागि तत्कालीन शिक्षा अधिकारी निर्मला केसीको अध्यक्षतामा प्राडा चुन्दा बज्राचार्य, हरिभक्त श्रेष्ठ र सदस्यसचिव मोतिराज खनाल रहेका थिए ।

त्यसैगरी अङ्ग्रेजी र नेपाली भाषाका लागि प्राडा चुन्दा बज्राचार्य, मदनराज मानन्धर, माधव घिमिरे, नातिकाजी महर्जन र ज्ञानबहादुर अधिकारी सदस्य रहेको समितिले पाठ्यक्रम निर्माण गरेको हो।

महानगरभित्रका सामुदायिक र संस्थागत सबै ७५० विद्यालयमा यही शैक्षिकसत्रबाट नेपाल भाषाको पाठ्यक्रम अनिवार्य गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books