Bachelors Portal

पक्लिहवा क्याम्पसको पशु चिकित्सा तथा पशुपालन स्नातक तह कार्यक्रम र उपाधिलाई नेपाल पशु चिकित्सा परिषदले मान्यता नदिने

BVSc &AH प्रथम वर्षको प्रवेश परीक्षासम्बन्धी अत्यन्त जरुरी सूचना | 

त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले पक्लिहवा क्याम्पसमा सञ्चालन गरेको पशु चिकित्सा तथा पशुपालन स्नातक तह (BVSc&AH) को शैक्षिक सत्र २०७५/७६ मा प्रथम वर्षको प्रवेश परीक्षाको लागि न्यूनतम मापदण्ड नै नपुगेको यथास्थितिमा मिति २०७६/०३।३० गते सूचना प्रकाशित गरेकोमा यस परिषद्को गम्भिर ध्यानाकर्षण भएकोछ । 

त्यसरी न्यूनतम मापदण्ड नै पूरा नभएको अवस्थामा सञ्चालन गर्न खोजिएको उक्त प्रथम वर्षको शैक्षिक कार्यक्रम र उपाधिलाई नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ को  दफा ९ को खण्ड (च) र नेपाल पशु चिकित्सा परिषद नियमावली, २०५७ को नियम १० वमोजिम मान्यता दिन नसकिने निर्णय गरिएको व्यहोरा सूचित गरिन्छ ।

 साथै, प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्नु अगावै कम्तीमा प्रथम वर्षको लागि निर्धारित न्यूनतम मापदण्डहरू पूरा भएको परिषद्बाट पुष्टि भएमा नयाँ विद्यार्थी भर्ना गर्न र कक्षा सञ्चालन गर्न सशर्त मान्यता प्रदान गर्न सकिने व्यहोरासमेत अनुरोध गरिन्छ।

नेपाल पशु चिकित्सा परिषद भेटेरिनरी कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौँ
फोन: ९७७ १ ४२६१२१०, ४२५९१४४
इ-मेल: info@ven.gov.np, वेबसाइट: www.vcn.gov.np

Thuprai - Books and E-books