After SEE Portal

नेपाल संस्कृत विश्वविद्यालय फेरी ताला

Bridge Course

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी र सेवा आयोग कार्यालय दाङमा पुनः ताला लगाइएको छ । सेवा आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै दुई अखिल क्रान्तिकारीले ताला लगाएका हुन् । बिना छानबिन सेवा आयोगको कार्यालयले पुनः परीक्षा तालिका सार्वजनिक गरेको हुँदा तालाबन्दी गरिएको उनीहरूले विज्ञप्तिमार्फत जानकारी दिए ।

सेवा आयोगमा लगाइएको ताला खुलेपछि आइतबार आयोगले कर्मचारी र प्राध्यापकका परीक्षाको सूचना प्रकाशित गरेको थियो ।

तालाबन्दीका कारण असार २१ गते हुने भनिएको उपप्राध्यापक र वरिष्ठ प्रशिक्षक र असार २७ देखि हुन थालेका सहप्राध्यापकका परीक्षा स्थगित गरिएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय पदाधिकारी एवं कर्मचारीले सहमतिका नाममा संस्थाको गरिमालाई आँच पुग्नेगरी सहमति गरिएको भन्दै अखिल क्रान्तिकारीले ताला विज्ञप्तिमा उल्लेख गरेको छ ।

अखिल क्रान्तिकारीका नेता विष्णु चौधरी, अखिल क्रान्तिकारी नेपाल संस्कृत विश्वविद्यालयका प्रमुख सचिव अभयप्रताप चौवे र अखिल क्रान्तिकारी केन्द्रीय आयुर्वेद विद्यापीठ मूल इकाई समितिका गणेश पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै तालाबन्दी गरिएको जानकारी दिएका छन् ।

विज्ञप्तिमार्फत नेपाल विद्यार्थी सङ्घसंग गरिएको सम्झौता रद्द गर्न समेत माग गरेका छन् ।  यसअघि नेविसंघको दाङ जिल्ला समितिले गत असार ९ गते सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा गरेको तालाबन्दी करिब दुई महिनापछि खुलेको थियो ।  त्यसैगरी असार ३ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले ताला लगाएको थियो ।

A Levels MA