नेपाल विश्वका वैज्ञानिकको अनुसन्धान केन्द्र बन्न सक्छः उपकुलपति बास्कोटा

Bachelors Portal

त्रिभुवन विश्वविद्यालयको वर्तमान अवस्था र भावी रणनीति, र विदेशका विद्यार्थीलाई नेपालमा कसरी आकर्षण गर्न सकिन्छ भन्ने विषयमा इडियुसञ्जालले त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा संग गरेको कुराकानीः

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वर्तमान अवस्थाको बारेमा बताइदिनोस् न !

नमस्कार ! म प्राडा धर्मकान्त बास्तकोटा । विगत तीन वर्षदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका रुपमा सेवारत छु । त्रिवि नेपालको सबैभन्दा पुरा विश्वविद्यालय हो । यसको स्थापना २०१६ सालमा भएको हो । त्रिविका अध्ययन संस्थान र संकायसहित ९ ओटा डिन कार्यालयहरू रहेका छन् । डिन कार्यालय मातहतमा ६२ ओटा आंगिक क्याम्पस ५०० बढी सामुदायिक र ५०० भन्दा बढी सम्बन्धन प्राप्त र निजी क्याम्पसहरू रहेका छन् । कुल १०२० ओटा क्याम्पस त्रिवि मातहतमा रहेका छन् । नेपालका ७६ जिल्लामा यसको फैलावट रहेको छ । विद्यार्थी संख्याका आधारमा संसारका सबैभन्दा बढी विद्यार्थी भएको विश्वविद्यालयमा रहेको छ ।

विश्वमा त्रिविको स्थान कस्तो छ ?

हालसालै टायम्स हाइयर एजुकेसन वल्र्ड युनिर्भसिटीको रेकर्ड अनुसार ४ लाख ६० हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विभिन्न संकाय र अध्ययन संस्थानमा स्नातकदेखि, स्नातकोत्तर, एमफिल, पिएडी प्रोग्राम सञ्चालन गर्दै आएको छ । यसको संख्या ३१५ भन्दा बढी छ । एसियामा ३२ सय विश्वविद्यालयको र्याङ्कि टायम हाइयर एजुकेसनले नै गर्दै आएको छ । यसको रेकर्डमा २०१ देखि २५० को र्याङ्किमा राखेको छ । विश्वका करिब २४ हजार विश्वविद्यालय मध्ये ८०१ देखि १००० भित्र राखेको छ । हामीसंग चारओटा अनुसनधान केन्द्र रहेका छन् । जसमा रिकाष्ट साइन्इस एण्ड टेक्नोलोजीका लागि, सिनास कल्चर भाषा संस्कृतिका लागि, सेरिड शिक्षाको उन्नयको लागि र सेडा अनुसन्धान, प्रशासनिक कार्य र आर्थिक व्यवस्थापनका लागि खोज तलास गर्नका लागि चारओटा अनुसन्धान केन्द्र रहेका छन् । यी सबै अनुसन्धान केन्द्रले विभिन्न क्षेत्रमा अनुसन्धान गरिरहेका छन् ।

त्रिविका जनशक्ति कस्ता छन् ?

चिकित्सा शास्त्र अध्ययन संस्थानका जनशक्ति एसियामा मात्र नभएर विश्वमा नै उत्कृष्ट मानिएको छ । यसको स्थान ३०० देखि ४०० भित्र छ । त्यसैगरी इन्जिनियरिङ म्यानेजमेन्टका आधुनिक पाठ्यक्रम, वनविज्ञान अध्ययन संस्थानका पाठ्यक्रमहरू, कृषिका पाठ्यक्रम एसियामा नै उत्कृष्ट स्थान हासिल गरेको अवस्था छ ।

भावी योजना कस्तो बनाउनु भएको छ ?

हाम्रो भावी योजनामा प्लस टुपछि विद्यार्थी विदेसिने क्रम बढेको छ । हाम्रोमा जेजे र जुनजुन विषय पठनपाठन हुन्छ ती विषयमा पढ्न नपाएर विदेश गए भन्ने गरिएको छ । तर यो रोजगारीलाई लक्षित विषय हो । रोजगारीलाई लक्षित गरेर विद्यार्थी विदेशिएका छन् । त्यसैले हाम्रो भावी योजना सरकारसंग समन्वय गरेर मानव संशानधन पत्ता लगाउने हो । निजी क्षेत्रसंग कसरी सहकार्य गर्ने, उद्योगमा, बैंकमा कस्ता जनशक्ति आवश्यक छ ? सोको तथ्य पत्ता लगाएर सहकार्य गरी त्रिकोणात्मक सम्बन्ध स्थापना गर्दैं भोलिका दिनमा बजारले माग गरे अनुरुप जनशक्ति उत्पादन गर्ने पाठ्यक्रम तयार गर्ने, भोलिका दिनमा प्राविधिक विषयमा स्वरोजगार जनशक्ति उत्पादन गर्ने, ती पाठ्यक्रमलाई लक्षित गरी, राष्ट्रलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न समन्वय गरेर आवश्यक जनशक्ति उत्पादन गर्दै नेपाल र नेपालीको गरिमा विश्वमा उच्च राख्नका लागि हाम्रो पहिचान बनाउने रहेको छ ।

विश्वका विद्यार्थी नेपालमा आकर्षण गर्न सकिन्छ ?

संस्कृति, भूगोल र इतिहासलाई संवृद्ध बनाउने जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । भोलिका दिनमा हाम्रा विद्यार्थीलाई हाम्रौ विश्वविद्यालयमा आवद्ध गराउने लक्ष्य छ । तीन कारेड जनसंख्या भएको देशमा १२० भाषाभाषि, ६० जनजाति भएको हुँदा मानव सभ्यताका लागि समग्र राष्ट्र नै अनुसन्धान केन्द्र हुन सक्ने छ । अर्को तथ्य भोगोलिक बनावट नै यस्तो छ १५० किलोमिटरको दुरीमा मा पाइने ट्रपिकल क्लाइमेट देखि हिमालयन क्यालाइमेट पाइने मुलुक हो । हरेक १० किलोमिटरमा खाद्यान्न, वनस्पति , पशुपंक्षीहरू फरक जनजाति छुट्टिदै जान्छ । हिमाली भेगमा रहेका खनिज तथा जडिबुटीछन् तिनलाई अध्ययन अनुसन्धान हुन सकेको छैन । गहिराइमा पत्ता लगाउन सकिएको छैन त्यसैले हाम्रो देश अनुसन्धानको केन्द्र हो भन्ने विश्वका विश्वविद्यालयलाई सन्देश दिनु छ । संसराका ख्याति प्राप्त विश्वविद्यालयमा सञ्चार गर्दै युवा वैज्ञानिकलाई आकर्षण गर्न सक्छौं । यस्तो राम्रो वातावरण भएको शान्तिप्रिय देश भएको हुँदा छिमेकी मुलुकमा भन्दा हाम्रो देशमा विद्यार्थी आउने वातावरण सिर्जना गर्नु आवश्यक छ । भोलिको दिनमा हामीले परिकल्पना गरेको कुरालाई साकार रुप दिँदै नेपाललाई विश्वको शैक्षिक गन्तव्यको रुपमा पुर्याउनु आवश्यक छ ।

गुणस्तरको विषयमा सबैतिर प्रश्न उठेको छ नि ?

निश्चयपनि धेरै विद्यार्थी भएको ७६ जिल्लामा फैलिएको त्यसले गर्दा यदाकदा हाम्रो कलेजहरूमा शिक्षक पूर्वाधारको अभावले गर्दा कुनै कालखण्डमा गुणस्तरमा कमी आयो कि भन्ने विषय छन् । त्यसलाई हामीले आत्मा साथ गरेका छौं । परीक्षा सञ्चालन गर्न जाँदा र आउँदा धेरै समय लाग्ने, २०७३ सालदेखि सेवा आयोगमा लफडा सुरुआत भएको हो । मानव संशाधनको अभावका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो । तीन महिनाभित्र नतिजा सार्वजनिक गर्ने सोचका साथ अगाडि बढेका छौं । योजनाबद्ध तरिकाले अगाडि बढेका छौं । अबको परीक्षा सोही अनुरुप हुन्छ ।

गुणस्तर सुधार गर्न के गर्नु हुन्छ ?

शिक्षकको क्षमता अभिवृद्धिका लागि तालीम प्रदान गरेर शिक्षण सिकाइमा अझ निखार ल्याएर गुणस्तरमा कमी आउन दिने छैनौं । अनुसन्धानमा अहिले बजेट वृद्धि भएको छ । रु. ३८ करोड अनुसन्धानका लागि बजेट विनियोजन गरेका छौं । भोलिका दिनमा परम्परा अनुसार शिक्षकले पठनपाठन गराउने प्रवृति थियो अब शिक्षकको दायित्व पठनपाठन तथा अनुसन्धान र आर्टिकल लेखन गरी संसारका विद्त वर्गमा पुर्याउने योजना अघि सारेका छौं ।

कतिपय विदेशी विश्वविदालयमा सहकार्य गर्न, हाम्रौ प्राध्यापकलाई अनुसन्धान गर्नका लागि पिएडी गर्नका लागि जुन पाठ्यभार हुन्छ त्यसका लागि सम्बोधन गर्न डबल डिग्री र क्रेडिट ट्रान्सफरको माग भए बमोजिम त्यसको व्यवस्था गरिसकेका छौं । कुनै विश्वविद्यालयमा कुनै विद्यार्थीले पढेको क्रेडिटलाई त्रिविमा दोहोर्याउनु पर्दैन तर सम्बन्धित विश्वविद्यालबाट पढेको क्रेडिट पुरा भएको प्रमाण लिएर आएमा क्रेडिट ट्रान्सफरमा राखेर थप क्रेडिट अध्ययन गर्ने सुविधा प्रदान गर्न सक्छौं ।

Thuprai - Books and E-books