एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकता अनुसार विभिन्न विषयहरु सजिलै अडियो मार्फत अध्ययन गर्न सक्ने भएका छन् ।
एनसेल आजियाटा लिमिटेडले सुरु गरेको ‘एनसेल अडियो क्लास’ अन्तर्गत विद्यार्थीले मोबाइल मार्फत पाठ्यक्रममा आधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न पाउने भएका हुन् ।
‘अनपज’ अभियान अन्तर्गत एक नविन सेवा कक्षा १ देखि ४ सम्मका विद्यार्थीले कुनै पनि समय जहाँ भएपनि सजिलै मोबाइलबाटै सिक्न सक्ने अंग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा लगायतका विषयहरु उपलब्ध प्रत्येक नयाँ प्रयोगकर्ताका लागि एक हप्तासम्म निःशुल्क सेवा ३ दिन र ७ दिनको प्याक उपलब्ध |
इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर)मा आधारित यस नविन सेवा कम्पनीले आफ्नो ‘अनपज’ अभियान अन्तर्गत सो कक्षा सार्वजनिक गरेको हो ।
पाठ्यक्रममा आधारित शैक्षिक सामग्री मोबाइल नेटवर्क मार्फत फोनकै प्रयोग गरी आइभीआरबाट सिक्न सकिने एनसेलले जनाएको छ ।
यो सेवाले ग्राहक तथा विद्यार्थीहरुलाई शिक्षाको लागि विषेश महत्व राख्दछ र विविध अवरोधहरुका वाबजुत सजिलै सिक्न र आफ्नो वास्तविक क्षमता उजागर गर्न मद्दत पुर्याउने विश्वास एनसेलको छ ।
पहिलो चरणमा अडियो क्लास सेवामा कक्षा १ देखि कक्षा ४ सम्मको पाठ्यक्रमहरु राखिएका छन् । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ध्यानमा राख्दै चरणबद्घ रुपमा अरु कक्षाहरुको लागि थप पाठ्यक्रमहरु समावेश गरिन एनसेलले जानकारी दियो ।
विद्यार्थीले एनसेल नेटवर्क कभरेज भएको कुनै पनि स्थानबाट अनिवार्य विषयहरु अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षाका सामग्री तथा पाठहरुमा सहजै पहुँच प्राप्त गर्न सक्ने गरी तयार गरेको छ । सो सेवा प्रयोग गर्न विद्यार्थीले १७१४४ डायल गरी प्राप्त निर्देशन अनुरुप अडियो क्लास सेवा सुचारु गर्न सक्ने एनसेलले आज एक विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दियो । इच्छुक विद्यार्थीले अडियो क्लास सेवाका प्याकहरु एसएमएस, युएसएसडी तथा वेब च्यानल मार्फत पनि सुचारु गर्न सक्ने सो विज्ञप्तिमा उल्लेख छ ।
एनसेलले अडियो क्लासको लागि हाल ३ दिनको र ७ दिनको गरी दुई वटा विकल्प राखेको छ । ३ दिनको प्याकमा विद्यार्थीले कर सहित रु. ७ मा ५० मिनेटको अडियो क्लासको सेवा लिन सक्छन् भने ७ दिनको प्याकमा कर सहित रु. १४ मा १०० मिनेटको अडियो क्लासको सेवा प्रदान गर्ने एनसेलले जानकारी दियो ।
विद्यार्थीले प्रयोग गर्दा गर्दै निश्चित समय सकिएमा विद्यार्थीले ५० मिनेटको थप अडियो क्लासको सेवा सोही मूल्यमा पुनः प्रयोग गर्न सक्नेछन् । सेवा सुचारु गरिएको पहिलो ५ महिना सम्म अडियो क्लासको प्रत्येक नयाँ विद्यार्थीलाई एक हप्ताको लागि यो सेवा निःशुल्क प्रदान गरिएको एनसेलले जानकारी दियो ।