CMAT

पठनपाठनको सम्मानस्वरुप राष्ट्रिय पठन मेला

काठमाडाँै, २६ माघ (रासस) ः विभिन्न विद्यालयलाई देशव्यापी रुपमा पुस्तकालयका लागि आवश्यक पुस्तक उपलब्ध गराउँदै आएको शिक्षा नेपालले आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राष्ट्रिय पठन मेलाको आयोजना गरेको छ । 

‘नेपाल पढ्दै छ’ भन्ने मूलनाराका साथ नेपालले पठन मेलाको आयोजना गरेको हो । नेपालमा सरकारले पुस्तकालयको अवधारणा अघि सारे पनि त्यसको उचित व्यवस्थापन हुन नसकेकाले पुस्तकालयको विकास र विस्तारका लागि संस्थाको गठन गरिएको संस्थाका संस्थापक प्रेमबहादुर बोहोराले बताउनुभयो । 

“नेपालमा पुस्तकालयको स्थापनाका लागि सरकारले रकम र कर्मचारीको व्यवस्था त गरेको छ, तर पुस्तकालयको पहुँच आम जनतामाझ पुग्न सकेको छैन”, उहाँले भन्नुभयो । देशभर पुस्तकालयको व्यवस्था गर्नका लागि आफ्नो संस्थाले विभिन्न स्वयमसेवकलाई परिचालन गरेको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा द एशिया फाउण्डेशनका प्रोगाम म्यानेजर समिरा श्रेष्ठले फाउण्डेशनले नेपालभित्र दुई सयभन्दा बढी पुस्तकलाई इ–बुकका रुपमा राखेको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “फाउण्डेशनले नेपाली पुस्तकलाई विभिन्न भाषामा अनुवाद गरेर विश्वका विभिन्न देशमा पु¥याउन सफल भएको छ ।” पठन मेलाका अवसरमा फाउण्डेशनले शिक्षा नेपाललाई २५० वटाभन्दा बढी पुस्तक प्रदान गरेको थियो । 

पढ्ने मान्छेलाई पुस्तक आवश्यक नपर्ने विश्व बालबालिका पुरस्कार २०१४ बाट सम्मानित हुनुभएकी सामाजिक अभियन्ता इन्दिरा रानामगरले बताउनुभयो 

Thuprai - Books and E-books