Bachelors Portal

नृसिंह माध्यमिक विद्यालय भवन शिलान्यास

पर्सा, ६ मङ्सिर (रासस) : वीरगन्ज महानगरपालिका–१६, लक्ष्मणवामा आज रु छ करोडको लागतमा निर्माण हुने ३० कोठे सुविधा सम्पन्न तीन तले विद्यालय भवनको शिलान्यास भएको छ । 

यहाँस्थित नृसिंह माध्यमिक विद्यालयका लागि तीन कठ्ठा क्षेत्रफलमा विद्यालयलाई आवश्यक सबै सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको महानगरपालिकाका नगरप्रमुख विजय सरवागीले जानकारी दिनुभयो । 

उहाँले एशियाली विकास बैंक, नेपाल सरकार र महानगरपालिकाको संयुक्त लगानीमा सञ्चालित क्षेत्रीय विकास परियोजनाअन्तर्गत निर्माण भइरहेको इनरबाइपास सडकको बीचमा विद्यालयको भवन परेपछि विद्यालयलाई नयाँ भवन निर्माण गरी उक्त जग्गा सडकमा मिलाइएकोे बताउनुभयो । 

रु एक अर्ब ९२ करोड २० लाखको लागतमा क्षेत्रीय विकास परियोजनाअन्तर्गत महानगरपालिकाभित्र ३५ किलोमिटरमा विभिन्न सडक तथा नाला निर्माण भइरहेको छ । 

Thuprai - Books and E-books