After SEE Portal

एकीकृत प्रवेश परीक्षामा सामेल नक्कली परीक्षार्थी एमबीबीएसकै विद्यार्थी

Bridge Course

चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा सामेल भएका पाँच जना नक्कली परीक्षार्थीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले सार्वजनिक गरेको छ ।

सो परीक्षामा नक्कली परिक्षार्थीहरू सहभागी हुन सक्ने भन्ने सूचनाको आधारमा गत चैत्र १८ गते सञ्चालन गरेको परीक्षा अनुगमनका क्रममा प्रकाउ गरेको हो ।

महाशाखाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा अपरेसन इसीओ सञ्चालन गरी सीसीआरसी कलेज, एम्बीसन कलेज, ग्रामर स्कुल, लगायतका परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी नियन्त्रणमा लिएको हो ।

परीक्षा दिई रहेको अवस्थामा नक्कली प्रवेश पत्र र नेपाली नागरिकता सहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं र ललितपुरमा पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान समेत जारी रहेको महाशाखाले जानकारी दियो ।

महाशाखाका अनुसार नक्कली परीक्षार्थी बनेर सहभागी भएको आरोपमा पक्राउ परेकामध्ये अमर पण्डित क्रिष्ट कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।

उनलाई धनुषाको जनकपुर उपमहानगरपालिका १४ बस्ने वर्ष २१ वर्षीय वृकेश यादव (रोल नं.११८११) को नाममा सिसिआरसी कलेजमा परीक्षा दिई रहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

किष्ट कलेजमा नै एमबीबीएस प्रथम वर्षमा अध्ययनरत अनिकेत चौधरीलाई धनुषा, अन्दुपट्टी गाउँपालिका १ बस्ने आजिव कुमार यादव (रोल नं।११४०९) को नाममा सीसीआरी कलेजबाट परीक्षा दिईरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएके हो ।

त्यसैगरी, किष्ट कलेजमा नै एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत राम आशिष यादवलाई (रूपन्देही, ओमसतिया गाउँपालिका ३ का स्मित सिंह (रोल नं१३७७२) को नाममा ग्रामर स्कुलबाट परीक्षा दिइसके पश्चातः विशेष सूचनाको आधारमा पक्राउ गरेको महाशाखाले जानकारी दियो ।

विहारका ईस्तियाख अहमदलाई महोत्तरी, सम्सीनिवासी सन्नी कुमार साह (रोल नं।१०६६५) को नाममा बानेश्वरमा परिक्षा परिक्षा दिई रहेको अवस्थामा नियन्त्रणमा लिईएको हो । त्यसैगरी सन्नी कुमार साहलाई रफिगञ्ज, औरङ्गाबाद विहार, भारत बस्ने वर्ष २४ को ईस्तियाख अहमदलाई आफ्नो नाममा एम्बीसन कलेज मध्य बानेश्वर परीक्षा केन्द्रमा परीक्षा दिन लगाई आफू बाहिर बसेको अवस्थामा नियन्त्रणमा लिईएको हो ।

हालसम्म गरेको अनुसन्धानमा ‘फ्रि स्कोलरसिप, पेइङ र पास मात्र गर्ने वर्गीकणका आधारमा पैसा दिएर परीक्षा दिन लगाएको तथ्य फेला पारेको छ । भर्ना हुने विदार्थीले नाम निकालिदिएवापत २ लाखदेखि १८ लाख रुपियाँसम्म तिर्ने गरेको प्रहर अनुसन्धानमा देखिएको महाशाखाले जानकारी दियो ।

सक्कली परीक्षार्थीको विवरणमा नक्कली परीक्षार्थीको फोटो टाँसेर फारम भराएको पाइएको महाशाखाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक९एसपी० कृष्ण प्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार विदार्थीलाई प्रलोभन देखाई रू।५० हजार देखि रू।२ लाखसम्म एड्भान्स समेत दिई नक्कली प्रशिक्षार्थीको रूपमा प्रयोग गर्ने गरेको पाइएको छ।

परीक्षा प्रयोजनार्थ कतिपय अवस्थामा सक्कली परिक्षार्थीको नागरिकता विवरणमा नक्कली परीक्षार्थीको फोटो टाँसेर प्रथम प्रतिलिपी उल्लेख गरी नक्कली नागरिकता समेत वनाएको पाईएको छ। नक्कली प्रशिक्षार्थी चयन गर्दा सकभर मिल्दो(जुल्दो अनुहार भएको व्यक्तिलाई सक्कली प्रशिक्षार्थीको विवरणमा नक्कली परिक्षार्थीको फोटो टाँसी फार्म भर्ने गरेको, भारतीयमूलका विद्यार्थीलाई समेत आर्थिक प्रलोभनमा पारी अग्रिम भुक्तानी दिई नक्कली परिक्षार्थीको रूपमा प्रयोग गरेको पाइएको छ ।

नक्कली परीक्षार्थी

चिकित्सा क्षेत्रमा कार्यरत चिकित्सकहरूले पढि रहेका तर आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरूलाई विभिन्न प्रलोभन देखाई नक्कली प्रशिक्षार्थीको रूपमा प्रयोग गर्ने गरेको महाशाखाको  फेसबुक पेजमा उल्लेख गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books