तीन दिन पछि सञ्चालन हुने निम्न माध्यामिक तह अध्यापन अनुमति पत्र ( लाइसेन्स) को परीक्षामा दुई लाख ३ हजार १३१ जना सहभागी हुने भएकाछन् ।
सातै प्रदेशका २४ ओटा जिल्लाका ७ सय ९२ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गर्दैछ । परीक्षाको सम्पूर्ण तयारी सकिएको शिक्षक सेवा आयोगले जानकारी दियो ।
माविको लाइसेन्स भदौ दोस्रो हप्तादेखि प्रदान गरिने
आयोगले माध्यमिक तहकोलाइसेन्स आगामी भदौको दोस्रो हप्ताबाट वितरण गर्ने भएको छ । आयोगले अहिले धमाधम लाइसेन्स छापिरहेको जानकारी दियो । आयोगले असार १८ गते सञ्चालन गरेको परीक्षाको गत साउन ३ गते नतिजा सार्वजनिक गरेको थियो ।
आयोगले नतिजा सार्वजनिक भएको १५ दिनभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । माध्यमिक तह अध्यापन अनुमति पत्रको विवरण सच्चाउने समय अबधि सकिए र र लाइसेन्स छपाउने काम संगसंगै भइरहेको हुनाले आन्तरिक व्यवस्थापन गरी वितरण गरिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए । छपाई कार्य समाप्त भएपछि आन्तरीक व्यवस्थापन गरी परीक्षा केन्द्र रहेकै जिल्लाबाट वितरण गर्ने तयारी गरेको छ ।