८० भन्दा बढी विद्यालय बन्द

हिमपातले हिमाली जनजीवन कष्टकर, विद्यालय बन्द शिर्षकमा नागरिकमा  प्रकाशित समाचार अनुसार  चिसोका कारण बझाङ ८० भन्दा बढी विद्यालय बन्द भएका छन्।

उनका अनुसार सो क्षेत्रमा निकै हिउँ परेको छ। उनको घर भएको धामीलेकमा पुग्नसमेत गाह्रो भएको छ। घरभन्दा बाहिर निस्कनसमेत सकिँदैन। अझै वर्षा र हिमपात भइरहेकाले कति दिनपछि मौसममा सुधार आउने हो भन्न सक्ने स्थिति छैन।

जिल्लाका लेकाली भेगमा रहेको न्युना आधारभूत, धुली आधारभूत, काँडा मावि, धलौन मावि, तपोवन आधारभूत, दाँतोला मावि, दुर्गाभवानी मावि, सुर्मा माविलगायत ८० भन्दा बढी विद्यालय हिमपात कारण बन्द भएका छन्।

वर्षा (गर्मी) का बेला विद्यार्थीहरू यासागुम्बा टिप्न लेक जाने हुँदा वैशाखदेखि असारसम्म विद्यालय बन्द हुने गर्छन्। हिउँदमा चिसो भए पनि जेनतेन पढाइ भइरहेको हुन्छ। तर भारी हिमपातले बाटोसमेत अवरुद्ध भएपछि विद्यालयहरू छुट्टि गर्नु परेको  जयपृथ्वी नगरपालिका–११ निलकटी आधारभूत विद्यालयका प्राधानाध्यापक धनराम जोशीले बताए।

विद्यालय जाने विद्यार्थी बाटो अभावमा घरभित्रै ‘थुनिएका’ छन्।वर्षासँगै अत्यधिक हिमपात भएपछि चिसोले मान्छेहरू बिरामी हुने र बाटो अभावमा उपचारमा समस्या हुन थालेको छ। साथै खाद्यान्न अभाव हुँदा भोकमरी हुने त्रास पनि बढेको छ।

Degrees offered in nepal
Counseling
Bachelors Portal