Bachelors Portal

ऋच कलेजमा मनसुन फेस्टिवल सम्पन्न

काठमाडौं । ऋच कलेजमा "Ritz Monsoon Feast-2019" कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको मनसुन  कार्यक्रमको उद्घाटन पर्यटन मन्त्री योगेश भट्टराईले गर्नुभएको थियो ।

                


 कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरुले बिभिन्न स्टल राखेर प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा कलेजका प्रिन्सिपल तुलसीराम रिजालले मन्तब्य ब्याक्त गर्नुभएको थियो । 

विद्यार्थीहरुले नेपालको ब्यापारीक क्षेत्रमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने  नयाँ शैली तथा तरीका प्रस्तुत गरेका थिए ।

              


 कार्यक्रम कलेजको आफ्नै भवनमा सम्पन्न भएको थियो । कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकार शुगम पोख्रेलको वेजोड प्रस्तुती रहेको थियो भने लाईभ म्यूजिक रहेको थियो ।

 खेल तथा बिभिन्न खानाका परिकारहरुको प्रस्तुती रहेको कार्यक्रम अति प्रभाबकारि रहेको थियो ।

 शनिबारको दिन भएपनि कार्यक्रममा धैरै विद्यार्थीको उपस्थिति रहेको कलेजले जनाएको छ । 

Thuprai - Books and E-books