प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारका लागि प्रतिभा पहिचान गदै मन्त्रालय

मुलुकमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अन्वेषण, अनुसन्धान वा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने युवा, बालबालिका तथा अन्य व्यक्तिलाई २०७७ साल जेष्ठ १ गते प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार तथा अनुदान सहयोग प्रदान गरिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त पुरस्कार प्रदान गर्ने भएको हो ।  प्रतिभाहरुको खोजी र सिफारिसका लागि  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरेको छ ।

सो  पुरस्कार र अनुदान सहयोगका लागि  प्रतिभा छनोट गर्न केन्द्रले पत्राचार गरेको हो ।  नेपाल सरकार मातहतका निकाय, प्रदेश वा स्थानीय तह, विश्वविद्यालय, शिक्षण संस्था, सार्वजनिक संस्थान वा अन्य कुनै व्यक्तिहरुले समेत पुरस्कार वा अनुदान सहयोगको लागि उल्लिखित क्षेत्रमा योगदान गरेका व्यक्तिहरुको सिफारिस गर्नसक्ने, पत्रमा  उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal