माघ १५ सम्म विद्यालय बन्द गर्ने मन्त्रालयको तयारी

 कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पुगेको छ ।

मन्त्रालयले सीसीएमसीको सिफारिस अनुसारकै निर्णय गरेर केही समयपछि  सूचना जारी गर्ने बताएको छ । मन्त्तालयका प्रवक्ता दीपक शर्माका अनुसार विद्यालय बन्द गर्ने सूचना मन्त्रालयले आजै प्रकाशन गर्ने भएको छ ।  ‘सूचना सीसीएमसीकै सिफारिस अनुसार हुने उनले जानकारी दिए । 

कोरोनाको संक्रमण बढेपछि सीसीएमसीको हिजोको बैठकले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका थिए ।  सो छलफलले सबै विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।