Bachelors Portal

विज्ञान दिवसको अवसरमा ९ जनालाई पुरस्कृत गर्दै मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  भोलि ‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार, २०६९ बाट ९ जनालाई सममान गर्ने भएको छ ।

प्राकृतिक संरक्षण कोषको सभाहलमा भोलि हुने समारोहमा पुरस्कृत गर्ने भएको छ ।

‘विज्ञान तथा प्रविधि विकास र उत्पादन वृद्धि’ भन्ने आदर्श वाक्यका साथ मन्त्रालयले १२ औं राष्ट्रिय विज्ञान दिवस, मनाउने भएको छ ।

विज्ञान प्रविधि तथा अनुसन्धानमा भएका उपलब्धिबाट कृषि तथा औद्योगिक उत्पादन, उत्पादकत्व अभिवृद्धि र दिगो पूर्वाधार विकास हासिल गर्ने लक्ष्यतर्फ अनुसन्धानकर्ता, प्राज्ञिक वर्ग, वैज्ञानिक समाज, निजी क्षेत्र एवं सरोकारवाला सबै निकायलाई प्रयासरत रहन यस दिवसको ध्येय रहेको मनत्रालयले जनाएको छ।

दिवसको अवसरमा मन्त्रालयको सहकार्यमा विज्ञान प्रविधिसँग सम्बन्धित संघ संस्थाहरु मार्फत प्रवर्द्धनात्क कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

नागर्जुन चौतारीबाट गृह सचिवज्यू तथा विज्ञान तथा प्रविधि सचिवज्यूको विशेष उपस्थितिमा स्थानीय तह, विद्यालय एवम् अन्य निकायका प्रतिनिधिहरूबीच कृत्रिम बौद्धिकताको उपयोग विषयमा छलफल कार्यक्रम सञ्चालन गरिएको मनत्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसै गरी बायोटेक्नोलोजी समाज नेपालबाट चितवनमा रोबोटिक्स केराको रेशाबाट सामाग्री निर्माण गर्ने बारे तालिम कार्यक्रम सञ्चालन भएको छ ।

एशोसियशन नेपालद्वारा Robotics and Al in Industries and Manufacturing मा वेविनार आयोजना गरेको छ। यसै गरी Women in Science and Technology द्वारा यस मन्त्रालयको सह-आयोजनामा Utilization of waste energy to conserve environment विषयक एकदिने कार्यशाला सम्पन्न भएको छ।

Thuprai - Books and E-books