शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च शिक्षा शाखाले चार विश्वविद्यालयलाई सम्बन्धन, नियुक्ति, कार्यक्रम थप लगायतका कार्य रोक्न विश्वविद्यालय अनुदान आयोगलाई निर्देशन दिएको छ ।
मन्त्रालयले आयोग आर्फत् मध्यपश्चिम, पोखरा, पूर्वाञ्चल र सुदुरपश्चिम विश्विद्यालयलाई यस्तो निर्देशन दिएको हो ।
ती विश्वविद्यालयमा केही बर्षयता नियुक्ति, सरुवा बढुवा, परीक्षा, तथा सम्बन्धन विस्तार एवं कार्यक्रमतथा विषय थप लगायतका विषयह┐मा निर्धारित प्रक्रिया र मापदण्ड विपरित भएको भन्दै यस्तो निर्देशन दिएको छ ।
चारओटै विश्वविद्यालयमा भएका काम कारवाहीहरूको लागि आयोगको संयोजनमा मन्त्रालयका प्रतिनिधि समेत रहेको छानबिन समिति गठन गरी प्रतिवेदन पेश गर्न र अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित विश्वविद्यालयको सेवा आयोगको क्षेत्राधिकार भित्र पर्ने बाहेकका अन्य सबै प्रकारका बढुवा तथा सरुवा र सम्बन्धन प्रदान एवं कार्यक्रम विषय थप गर्ने कार्य स्थगन गर्न हस्तक्षेप युक्त पत्र आयोगलाई पठाएको छ ।
ती विश्वविद्यालयलाई निर्देशन सहितको परिपत्र आयोगबाट गर्न गत माघ दुई गतेको सहकुलपति एवं मन्त्रीस्तरीय निर्णय गरेको छ ।