Managed Admission 2022

विश्वविद्यालय स्थापना गर्नका लागि चाहिने आवश्यक न्यूनतम मापदण्ड तथा पूर्वाधार

Thuprai - Books and E-books

उच्च शिक्षा ऐन, २०७६को अनुसुचि १ नयाँ विश्वविद्यालय स्थापना गर्नका लागि चाहिने आवश्यक न्यूनतम मापदण्ड तथा पूर्वाधार

विश्वविद्यालय

मानित विश्वविद्यालय

जग्गा/जमिन

  • काठमाडौं उपत्यकाभित्र कम्तिमा दुई सय रोपनी जग्गा भएको
  • पहाडी तथा हिमाली जिल्लामा भए कम्तिमा पाँच सय रोपनी जग्गा भएको
  • तराई तथा भित्री मधेश क्षेत्रमा भए कम्तिमा पचास विगाहा जग्गा भएको
  • उल्लेखित जमिन बढीमा तीन स्थानसम्म करीब बीस किलोमिटरको दुरीभित्र व्यवस्थापन गर्न सकिने
  • काठमाडौं उपत्यका भित्र विश्वविद्यालयका लागि कम्तिमा असी रोपनी जग्गा भएको 
  • पहाडी तथा हिमाली जिल्लामा भए कम्तिमा दुई सय पचास रोपनी जग्गा भएको 
  • तराई तथा भित्री मधेश क्षेत्रमा भए कम्तिमा पच्चीस बिगाहा जग्गा भएको
  • उल्लेखित जमिन बढीमा दुई स्थानसम्म करीब दश किलोमिटरको दुरीमा व्यवस्थापन गर्न सकिने 

भवन

  • कम्तिमा पनि शैक्षिक, प्रशासकीय र पुस्तकालयको अलग अलग तीनवटा भवनहरु हुनुपर्ने 
  • कक्षा सञ्चालनको लागि शैक्षिक भवन कम्तिमा पनि पचास हजार वर्ग फिट क्षेत्रफलको हुनुपर्ने वा हरेक कक्षामा अधिकतम् ४५ जनासम्म बिद्यार्थी अटाउँने गरी बिद्यार्थी संख्याको अनुपातमा कक्षा कोठाहरु हुनुपर्ने 
  • कम्तिमा पनि शैक्षिक, प्रशासकीय र पुस्तकालयको अलग अलग तीनवटा भवनहरु हुनुपर्ने
  • कक्षा सञ्चालनको लागि शैक्षिक भवन कम्तिमा पनि पच्चीस हजार वर्ग फिट क्षेत्रफलको हुनुपर्ने वा हरेक कक्षामा अधिकतम् ४५ जनासम्म बिद्यार्थी अटाउँने गरी बिद्यार्थी संख्याको अनुपातमा कक्षा कोठाहरु हुनुपर्ने 

छात्राबास

  • विश्वविद्यालय हुनको लागि कम्तीमा पनि एक तिहाई विद्यार्थीहरुलाई छात्रावास हुनुपर्ने छ  । सुविधाजनक महिला र पुरुष (छुट्टा छुट्टै) छात्रावासको सुविधा भएको हुनुपर्ने छ । यसको साथसाथै केन्दिय विश्वविद्यालयहरुमा एक अन्तराष्ट्रिय विद्यार्थीहरुको लागि अन्तराष्ट्रिय स्तरको एक छात्रवास हुनुपर्ने छ । तर आवाशिय विश्वविद्यालयको हकमा सबै विद्यार्थीहरुको छात्रवासको व्यवस्था हुनुपर्ने छ  ।
  • कूल बिद्यार्थी क्षमताको कम्तिमा पनि एक तिहाई बिद्यार्थीहरु अटाउँने गरी महिला र पुरुषका लागि (छुट्टा छुट्टै) सुविधा सम्पन्न छात्रावासको व्यवस्था हुनुपन

अन्य भौतिक पुर्वाधार

  • पठनपाठन, अनुसन्धान, प्रयोगात्मक कार्य आदिका लागि बिद्यार्थी संख्याको अनुपातमा पर्याप्त  फर्निचर र उपकरणहरु  सहितको भौतिक व्यवस्थापन भएको 
  • महिला र पुरुषका लागि अलग अलग र पर्याप्त संख्यामा अपाङ्गमैत्री शौचालय भएको 
  • बिद्यार्थी संख्याको अनुपातमा स्तरीय चमेनागृह भएको 
  • प्राथमिक उपचार, पिउने पानी, इन्टरनेट, खेल मैदान, बगैंचा आदिको व्यवस्था भएका
  • पठनपाठन, अनुसन्धान, प्रयोगात्मक कार्य आदिका लागि बिद्यार्थी संख्याको अनुपातमा पर्याप्त फर्निचर र उपकरणहरु सहितको भौतिक व्यवस्थापन भएको 
  • महिला र पुरुषका लागि अलग अलग र पर्याप्त संख्यामा अपाङ्गमैत्री शौचालय भएको 
  • बिद्यार्थी संख्याको अनुपातमा स्तरीय चमेनागृह भएको 
  • प्राथमिक उपचार, पिउने पानी, इन्टरनेट खेल मैदान बगैचा आदिको व्यवस्था भएको

शैक्षिक आधारहरु

पुस्तकालय

  • बिद्यार्थी संख्याको अनुपातमा पर्याप्त संख्यामा आवश्यक स्तरीय पुस्तकहरु सहितको सुविधा सम्पन्न पुस्तकालयको व्यवस्था भएको
  • सबै पाठकहरुबीच सूचना प्रविधिको पहुँच पुग्न सक्ने गरी आवश्यक व्यवस्था भएको
  • बिद्युतीय पुस्तकालय (इ लाइब्रेरी) को व्यवस्था भएको
  • आवश्यक व्यवस्थापकीय सुबिधा सहितको अध्ययन कक्षको व्यवस्था भएको

प्रयोगशाला

  • प्राविधिक विषयसँग सम्बन्धित विश्वविद्यालयको हकमा बिद्यार्थी संख्याको अनुपातमा पर्याप्त उपकरण, औजार तथा रसायनहरु सहितको सुविधायुक्त प्रयोगशाला भएको ।
  • प्राविधिक विषयसँग सम्बन्धित विश्वविद्यालयको हकमा बिद्यार्थी संख्याको अनुपातमा पर्याप्त उपकरण, औजार तथा रसायनहरु सहितको सुविधायुक्त प्रयोगशाला भएको ।

शिक्षक/प्राध्यापक

  • अध्यापन र अनुसन्धान गर्नका लागि आवश्यक संख्यामा तोकिएको योग्यता पुगेका शिक्षक÷प्राध्यापकहरु भएको
  • सबै शिक्षकहरु पूर्णकालिन  भएको 
  • जम्मा शिक्षक संख्यामध्ये कम्तिमा एक तिहाई शिक्षकहरु विद्यावारिधि उपाधि प्राप्त गरेको हुनुपर्ने 
  • जम्मा शिक्षक संख्यामध्ये कम्तिमा दश प्रतिशत शिक्षक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त अनुसन्धानमूलक जर्नलमा लेखहरु प्रकाशन गरेको हुनुपर्ने ।
  • अध्यापन र अनुसन्धान गर्नका लागि आवश्यक संख्यामा तोकिएको योग्यता पुगेका शिक्षक÷प्राध्यापकहरु भएको
  • सबै शिक्षकहरु पूर्णकालिन  भएको 
  • जम्मा शिक्षक संख्यामध्ये कम्तिमा एक तिहाई शिक्षकहरु विद्यावारिधि उपाधि प्राप्त गरेको हुनुपर्ने  ।
  • जम्मा शिक्षक संख्यामध्ये कम्तिमा दश प्रतिशत शिक्षक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त अनुसन्धानमूलक जर्नलमा लेखहरु प्रकाशन गरेको हुनुपर्ने  ।

कर्मचारी

  • आवश्यक संख्यामा निर्धारित क्षमता दक्षता प्रतिवद्धता सहितका कर्मचारी
  • आवश्यक संख्यामा निर्धारित क्षमता दक्षता प्रतिवद्धता सहितका कर्मचारी

विद्यार्थी

  • साधारण तथा प्राविधिक बिषयमा पठनपाठन तथा अनुसन्धान गर्ने गराउने सघन विश्वविद्यालय भएमा कम्तिमा पनि पाँच हजार विद्यार्थी भएको तर संघिय वा प्रदेश सरकारले स्थापना गर्ने
  • विश्वविद्यालयहरुको लागि यो विद्यार्थी संख्या विश्वविद्यालय स्थापनाको लागि अनिवार्य आधार हुने छैन
  • प्राविधिक बिषयका हकमा सम्बन्धित अधिकार प्राप्त निकायले निर्धारिण गरेको संख्या अनुसार हुनुपर्नेछ ।
  • साधारण तथा प्राविधिक बिषयमा पठनपाठन तथा अनुसन्धान गर्ने गराउने सघन विश्वविद्यालय भएमा कम्तिमा पनि पाँच हजार विद्यार्थी भएको तर संघिय वा प्रदेश सरकारले स्थापना गर्ने ।
  • विश्वविद्यालयहरुको लागि यो विद्यार्थीसंख्या विश्वविद्यालय स्थापनाको लागि अनिवार्य आधार हुने छैन ।
  • संचालनमा रहिरहेको कुनै क्याम्पसको स्तरोन्नती गरी विश्वविद्यालयमा रुपान्तरण गर्न लागिएकोभएमा उक्त क्याम्पसमा कम्तिमा पनि दुई हजार विद्यार्थीहरु अध्ययनरत भएको, स्नातकोत्तर तहमा कम्तिमा पनि पाँच व्याच बिद्यार्थीहरु दिक्षित भएको र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने  ।
  • प्राविधिक बिषयका हकमा सम्बन्धित अधिकार प्राप्त निकायले निर्धारण गरेको संख्या अनुसार हुनु पर्नेछ ।

कोष

  • सघन विश्वविद्यालय भएमा विश्वविद्यालयको नाममा कम्तिमा पनि पचास करोड रुपैयाँको अक्षय कोष भएको हुनुपर्ने 
  • विशिष्टिकृत (बिषयगत) विश्वविद्यालय भएमा कम्तिमा पनि बीस करोड रुपैयाँको अक्षय को स्थापना भएको हुनुपर्ने 
  • काठमाडौं उपत्यकाभित्र स्थापना हुने विश्वविद्यालय भएमा उपरोक्त रकमहरुमा थप दश प्रतिशत रकम सहितको कोषको व्यवस्था गर्नुपर्ने 
  • विश्वविद्यालयमा दश करोड रुपैयाँको अर्को (अलग्गै) खर्च हुने कोषको स्थापना गरी उक्त कोषमा जम्मा हुने रकमको सम्भावित स्रोतहरु पहिचान भएको हुनुपर्ने
  • सघन       विश्वविद्यालय   भएमा विश्वविद्यालयको नाममा कम्तिमा पनि पच्चिस करोड रुपैयाँको अक्षय कोष वा खर्च नहुने कोष स्थापना भएको हुनुपर्ने 
  • विशिष्टिकृत (बिषयगत) विश्वविद्यालय भएमा कम्तिमा पनि दश करोड रुपैयाँको अक्षय कोष वा खर्च नहुने कोष स्थापना भएको हुनुपर्ने 
  • काठमाडौं उपत्यकाभित्र स्थापना हुने विश्वविद्यालय भएमा उपरोक्त रकमहरुमा थप दश प्रतिशत रकम सहितको कोषको व्यवस्था गर्नुपर्ने 
  • विश्वविद्यालयमा पाँच करोड रुपैयाँको अर्को (अलग्गै) खर्च हुने कोषको स्थापना गरी उक्त कोषमा जम्मा हुने रकमको सम्भावित स्रोतहरु पहिचान भएको हुनुपर्ने

अन्य आधारहरु

अन्य आवश्यक मापदण्ड र पूर्वाधारहरु पूरा भएको

  • वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन अनिर्वाय हुने
  • सामाजिक प्रभाव मूल्याङ्कनको प्रतिवेदन अनिर्वाय हुने
  • सम्भाव्यता अध्ययनको प्रतिवेदन अनिर्वाय हुने
  • विश्वविद्यालयमा       आन्तरिक गुणस्तर सुनिश्चितता केन्द्रको स्थापना भएको हुनुपर्ने
  • चिकित्सा तथा इन्जिनियरिङ जस्ता विशेष पूर्वाधारहरु आवश्यक पर्ने उच्च शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्ने विश्वविद्यालयका लागि सम्बन्धित नियमनकारी निकायको परामर्शमा थप पूर्वाधारहरु तोक्न सकिने
  • वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन अनिर्वाय हुने
  • सामाजिक प्रभाव मूल्याङ्कनको प्रतिवेदन अनिर्वाय हुने
  • सम्भाव्यता अध्ययनको प्रतिवेदन अनिर्वाय हुने
  • विश्वविद्यालयमा       आन्तरिक गुणस्तर सुनिश्चितता केन्द्र को स्थापना भएको हुनुपर्ने
  • चिकित्सा तथा इन्जिनियरिङ जस्ता विशेष पूर्वाधारहरु आवश्यक पर्ने उच्च शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्ने विश्वविद्यालयका लागि सम्बन्धित नियमनकारी निकायको परामर्शमा थप पूर्वाधारहरु तोक्न सकिने
         
स्रोत:  उच्च शिक्षा ऐन, २०७६को  अंश