विश्वमा करिव १ विलियन (अरव) लगभग १५% मानिसहरूमा कुनै न कुनै प्रकारको अपाङ्गता भएको तथ्या्ङक छ । अमेरिकामा ६१ मिलियन अपाङ्गता भएका व्यक्तिहरू छन । अमेरीकामा ४ जना वयस्कमा १ जनामा अपाङ्गताको समस्या छ । ४८% परिवारमा कम्तीमा एक जना अपाङ्गता भएको छ भने ४२% व्यक्तिको साथी अपाङ्गता भएको छ । ३ जनामा १ जना अपाङ्गता भएको व्यक्तिले मात्र काम पाएको छ ।
सन् २०११ को जनगणना अनुसार नेपालमा १.९५% अपाङ्गता भएका व्यक्तिहरू छन् । विभिन्न खालको प्रकोप, विपद्, घटना, दुर्घटनाबाट भएको क्षति र मानवमा परेको असरले गर्दा जनसंख्याको १० देखि १५% मा अपाङ्गता रहेको छ भन्ने गरिन्छ । यसलाई आधार मान्दा करिव ३० लाखको हाराहारीमा नेपालमा पनि कुनै न कुनै प्रकारको अपाङ्गता भएको भन्न सकिन्छ ।
संयुक्त राष्ट्र संघ र विश्व स्वास्थ्य संगठनको अनुमानमा आधारित, नेपालमा ५ देखि १४ वर्ष उमेरका ६० हजार देखि १ लाख ८० हजार बालबालिका अपाङ्गता भएका छन् । २०१६ मा, युनिसेफले ३०.६ प्रतिशत अपाङ्गता भएका बालबालिकहरू, वा ५ देखि १२ वर्षका लगभग १५ हजार देखि, ५६ हजार बच्चाहरू,स्कूलमा जाँदैनन । २०११ को एक प्रतिवेदनमा ह्युमन राइट वाचले अनुमान गरे अनुसार नेपालमा कम्तीमा २ लाख ७ हजार बालबालिका अपाङ्गता भएका छन् ।
अपाङ्गताले सबै जाति, धर्म, संस्कृति, लिंग, पहिचान, विश्वास र पृष्ठभूमिका मानिसहरूलाई असर गर्दछ । समान्य परिस्थितिहरूमा समेत अपाङ्गता भएका मानिसहरू संसारभर नै सबैभन्दा सीमान्तकृत र समाजमा दोहोरो मापदण्डको व्यवहार गर्ने गरिन्छ । अपाङ्गता भएका व्यक्तिहरू सधैँ नै संकटको जोखिम अवस्थामा हुन्छन् । नेपालमा अपाङ्गता भएका महिला, बालबालिका, दलित र आदिवासी जनजातिहरूको अवस्था झन कष्टकर रहेको छ । जेष्ठ नागरिक, दीर्घकालीन स्वास्थ्य समस्या भएका व्यक्तिहरू, अशक्त मानिसहरू (विशेष किसिमको गम्भीर बिरामी हुने व्यक्तिहरुमा कोविड १९ को महामारीको नियन्त्रणको लागि नेपालले २०७६ चैत्र ११ गतेदेखि २०७७ वैशाख ३ गतेसम्म लकडाउन गरेको छ ।
सहरको भिडभाडकोे आवासीय क्षेत्रमा बस्ने लाखौं जेष्ठ नागरिक र अशक्तता भएका बच्चाहरू बस्छन् जहाँ उनीहरू उपेक्षा, दुरुपयोग, र अपर्याप्त स्वास्थ्य सेवाको सामना गर्न सक्दछन् । विशेष गरी सहरमा खुला ठाउको अभावमा सीमित दायरामा बस्ने व्यक्तिहरुमा कोविड १९ को महामारी द्रुत रूपमा फैलिन्छ । ह्युमन राइट वाचको प्रतिवेदन अनुसार ब्राजिल, क्रोएशिया, काजाकिस्तान, भारत, रसिया र सर्बियामा निजी र राज्यले संचालन गरेका संस्थाहरूमा अपाङ्गता भएका मानिसहरूलाई दुव्र्यवहारपूर्ण व्यवहार गरेको र खराब अवस्थामा जीवन यापन गर्न बाध्य रहेको उल्लेख गरेको छ । त्यस्तै अवस्था घाना, इन्डोनेसिया, नाइजेरिया र सोमालील्याण्डमा पनि रहेको जनाएको छ ।
अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका परिवारलाई विपदको वेलामा अरुलाई भन्दा धेरै नकारात्मक असर गर्छ । अपाङ्गता भएका व्यक्तिको अपाङ्गता अनुसारनै छुट्टाछुट्टै आवश्यकता हुने गर्दछ । अझ विपद्को वेला विषेश हेरचाह र विषेश सहयोग जरुरी हुन्छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी ऐन, २०७४ को अनुसूचीले अपाङ्गताका प्रकारहरू अन्र्तगत शारीरिक अंग वा प्रणालीमा भएको समस्या तथा कठिनाइको आधारमा गरेको छ । जस अन्र्तगत शारीरिक अपाङ्गता, दृष्टि सम्वन्धी अपाङ्गता, सुनाईसम्बन्धी अपाङ्गता, श्रवण दृष्टिविहीन अपाङ्गता,स्वर र वोलाइ सम्वन्धी अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता, वौद्धिक अपाङ्गता, अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्वन्धी अपाङ्गता, अटिजमसम्बन्धी अपाङ्गता, बहु अपाङ्गता आदि । अझ अशक्तताको गम्भीरताका आधारमा अपाङ्गताको वर्गीकरण गरिएको छ जसमा पूर्ण अशक्त अपाङ्गता, अतिअशक्त अपाङ्गता, मध्यम अपाङ्गता, सामान्य अपाङ्गता आदि ।
कोभिड – १९ को अपाङ्गतामा असर
सरकारले समय समयमा गरिने निर्णयहरूको बारेमा दिइने सार्वजनिक सूचनाहरू अपाङ्गता भएका व्यक्ति लगायतका लागि पहुँचयुक्त नहुने, अपाङ्गता भएका व्यक्तिहरूको दैनिक उपभोग्य वस्तु, नियमित रूपमा पाइरहेका स्वास्थ्य उपचार, थेरापी सेवा, नियमित रूपमा सेवन वा प्रयोग गर्नुपर्ने औषधीहरू, परामर्श सेवाहरू र स्वास्थ्य सम्बन्धी सामान वा उपकरणहरू (जस्तै स्पाइनल कर्ड इन्युरी भएका व्यक्तिहरूका लागि चाहिने क्याथेटर, डाइपर, युरिन व्याग, स्यानिटरी प्याड, टिस्युपेपरबाट बञ्चित हुनुपर्ने अवस्था हुन सक्छ जसले उनीहरूको स्वास्थ्य र सरसफाइमा थप समस्या उत्पन्न गर्छ । क्वारेन्टाइनमा रहँदा वा आइसोलेसनको अवस्थामा रहँदा पाउनुपर्ने सूचना, जानकारी, सल्लाह र परामर्शहरू अपाङ्गता भएका व्यक्तिहरूले उनीहरूको आवश्यकता अनुकुलका विधिबाट प्राप्त गर्न नपाउँदा संचारमा अवरोध भइ उनीहरूको अवस्था जोखिमपूर्ण हुन सक्छ ।
अपाङ्गता र मानसिक स्वास्थ्य हेरचाह
अपाङ्गता भएका व्यक्तिहरूमा शारीरिक अवस्थाले उत्पन्न अवरोध र प्रतिकूल परिस्थितिसँग समायोजन गर्नु पर्दाको अवस्थाले मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्दछ । कोविड १९ को प्रकोप, मनोसामाजिक अपाङ्गता लगायत विभिन्न अपाङ्गता भएका मानिसहरूलाई असर गर्छ । कोरोनाभाइरस महामारीको समयमा लचिलोपन नै राम्रो मानसिक स्वास्थ्य र सकारात्मक सुस्वास्थ्यको महत्वपूर्ण तत्व हो ।
अपाङ्गता भएका सदस्यहरुलाई परिवार र साथीहरूसँग सम्पर्कमा रहन प्रोत्साहित गर्ने । परिवारका सदस्यहरुले अपाङ्गता भएका सदस्यहरुलाई जीवनका महत्वपूर्ण घटनाको वारेमा कुराकानी गर्नु उपयुत्त हुन्छ । उनीहरुका कुरा अनुभूतिपूर्ण तरिकाले सुन्ने, अपाङ्गता भएका बिरामीहरूलाई परिवार र साथीहरूसँग सम्पर्कमा रहन प्रोत्साहित गर्नु यो समयमा सान्दर्भिक हुन्छ ।
मनोवैज्ञानिकहरूले अपाङ्गता भएका बिरामीहरूलाई सम्पर्कमा रहन विभिन्न तरिकाहरू सुझाएका छन् । जस्तैः भिडियो च्याट एप्स, टेलिफोन वा पुरानो शैलीको चिठी वा पोष्टकार्डहरू मार्फत उनीहरूसंग सम्पर्कमा रहनु उचित हुन्छ । अपाङ्गता भएका व्यक्तिहरूको अवस्था अनुसार कसरी संचार गर्ने र व्यवहार गर्ने भन्ने विषयमा पूर्ण जानकारी राख्ने, स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श दिँदा संचारको उपयुक्त विधि अपनाउने र अपाङ्गता भएका व्यक्तिले पर्याप्त रूपमा वुझेका छन् भन्ने कुरामा सुनिश्चिन हुनुपर्छ । टेलीमानसिक स्वास्थ्य थेरापीको विषयमा घरमा गर्ने अभ्यासहरू सिकाउने वा टेलिफोन, भाइवर, ह्वाट्स एप, स्काइप वा म्यासेन्जरको माध्यमबाट परामर्शहरू दिने वा फलोअप गर्ने ताकी व्यक्तिले पुनःस्थापना केन्द्रमा नआइकनै घरैमा त्यस्ता सेवाहरू लिन सकुन् । समूहमा गरिने थेरापी कोरोना भाइरसको महामारी नियन्त्रणमा नआउन्जेल सम्म नगराउनु अपाङ्गता भएका व्यक्तिका लागि उपयुक्त हुन्छ ।