A Levels MA

चिकित्सा शिक्षा पोस्ट ग्रेजुएट तहको सिट निर्धारण,एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुला

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पोस्ट ग्रेजुएट) तहको शैक्षिक वर्ष २०७९ का लागि सिट निर्धारण गरेको छ । देशभरका विभिन्न विश्वविद्यालयमार्फत् सञ्चालन हुने पोस्ट ग्रेजुएटका विभिन्न  कार्यक्रमका लागि आयोगले १ हजार ६८४ सिट निर्धारण गरेको हो ।

आयोगले पोस्ट ग्रेजुएटका विभिन्न कार्यक्रमका लागि विराट कलेजलाई ४३, नोवेल मेडिकल कलेजका लागि ४९, पूर्वाञ्चल युनिर्भसिटी स्कुल अफ हेल्थ साइन्सका लागि २०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानका लागि १७३, मधेश  इन्स्टिच्युट अफ हेल्थ साइन्सका लागि ३,नेशनल मेडिकल कलेजका लागि ६३ सिट निर्धारण गरेको छ ।

सोही कार्यक्रमका लागि कलेज अफ मेडिकल साइन्स टिचिङ हस्पिटलका लागि ४५, चितवन मेडिकल कलेजका लागि ९४, काठमाडौं मेडिकल कलेजप्रालिका लागि ७०, नेपाल मेडिकल कलेज प्रालिका लागि ६३, किष्ट कलेजका लागि १२, आयुर्वेद क्याम्पसका लागि २, महाराजगञ्ज मेडिकल क्याम्पसका लागि १५७, मनमोहन मेडिकल इन्स्टिच्युट अफ हेल्थ साइन्सका लागि २३, नेप्लि आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स ५९, नेवल कलेजका  लागि १५, नेसनल एकेडेमी अफ मेडिकल साइन्सका  लागि १३६, सेन्ट्रल डिपाटमेन्ट अफ पब्लिक हेल्थका लागि ३०, कान्तिपुर डेन्ट कलेजका लागि ११, काठमाडौं युनिभर्सिटी अफ मेडिकल साइन्सका लागि ११०, काठमाडौं युनिभर्सिटी अफ मेडिकल फामेसीका  लागि ४५, पाटन एकेडेमी अफ हेल्थ साइन्सका  लागि २८, किस्ट कलेजका  लागि ५०, मनिपाल कलेजअफ मेडिकल साइन्सका ३५,  हिमालय आइ इन्स्टिच्युटका लागि ६, साइन्स अफ हेल्थ एण्ड एप्लाइडका लागि ४२, गण्डकी मेडिकल कलेजका लागि ४०, पोखरा नर्सिङ क्याम्पसका  लागि १८,पाखरा एकेडेमी अफ हेल्थ साइन्स ३२, नेपालगञ्ज मेडिकल कलेज ३३, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल २४, युनिर्भसल कलेज अफ साइन्सेस ६६, कर्नाली एकेडेमी अफ हेल्थ साइन्स ४, श्री मेडिकल एण्ड टेक्निकल कलेज चितवनका लागि १० सिट निर्धारण गरेको छ ।

त्यस्तै एनबीएमएस एस कार्यक्रमका लागि बी एण्ड बी लगायतका केही हस्पिटललाई ६ सिट प्रदान गरेको छ । निर्धारित सिटमा भर्नाका लागि आयोगले एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ ।  आगामी मंसिर १० देखि ११ गतेसम्म सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाको अनलाईन आवेदन फारम खुला गरेको हो । आवेदन असोज १४ गतेदेखि कार्तिक १६ गतेसम्म आयोगको वेबसाइटबाट भर्न सकिने छ ।

स्नातकोत्तर तहको सिट वितरण सम्बन्धी जानकारी

एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी विवरण

 

Thuprai - Books and E-books