A Levels MA

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह अन्तर्गतका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले गत साउन ९ देखि १३ सम्म सञ्चालन गरेको चिकित्सा शिक्षा स्नातक तह अन्तर्गतका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

आयोग बीएस्सी एचआईटी, बीएस्सी एमएलटी, र बी अप्टोमेस्ट्री विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।

प्रकाशित नतिजा उपर चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारहरुले चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ को अनुसुचि १ बमोजिमको ढाँचामा फारम भरेर रितपूर्वक  २४ गते देखि २८ गते भित्र निवेदन पेश गर्न सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नतिजा हेर्नुहोस्ः

Thuprai - Books and E-books