A Levels MA

चिकित्सा शिक्षा आगोगद्वारा स्नातक तहको पूर्व मनोनयन सूची प्रकाशित (सूचि सहति)

चिकित्सा शिक्षा आयोगले स्नातक तहमा प्राथमिकताका आधारमा छात्रवृत्ति र विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्व मनोनयन सूची प्रकाशित गरेको छ ।

आयोगले सम्पूर्ण विश्वविद्यालय र अन्तर्गतका शिक्षण संस्था तथा प्रतिष्ठानहरूमा यो शैक्षिक सत्रको लागि सञ्चालित एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम तथा विद्यार्थीको छनोटका आधारमा सूची प्रकाशन गरेको हो ।

आयोगले पूर्व मनोनयनको सूचीमा सूचीकृत भएका उम्मेदवारले ३१ गते ५ बजे भित्र आफू पूर्व मनोनयनमा परेको सिटमा अध्ययन गर्न सहमत वा असहमत भए सो को जानकारी पठाउन सूचित गरेको छ ।

विद्यार्थीले अनिवार्य आयोगमा आफ्नो प्रोफाइल अनलाइन मार्फत दिनुपर्ने आज प्रकशित सूचनामा उल्लेख गरिएको छ ।

कुनै एक सिटमा मात्र पूर्व मनोनयन भएको उम्मेदवारले तोकिएको समयावधिभित्र कुनै जानकारी नगराएमा पूर्व मनोनयन स्वतः स्वीकार गरेको मानिने सूचनामा उल्लेख गरिएको छ ।

एक भन्दा बढी शैक्षिक कार्यक्रममा पूर्व मनोनयन भएको अवस्थामा अनिवार्यरूपमा कुनै एक कार्यक्रममा मात्र सहमति जनाउनुपर्नेछ अन्यथा कुनै पनि सिटमा मनोनयन गर्न न सकिने सूचनामा उल्लेख गरेको छ।

पूर्व मनोनयनको सूचिमा परेको उम्मेदवारले अध्ययन नगर्ने भनी तोकिएको समय भित्रै विथड्र गरेमा सो समूह बाहेक सशुल्क वा अन्य शैक्षिक कार्यक्रमको अवसर प्राप्त हुने हुँदा आगामी ३१ गते ५ बजे भित्र असहमति जनाउनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।

यस्तो स्थितिमा सो व्यक्ति छात्रवृत्तिको सूचीबाट स्वतः हटनेछ तर सोही कार्यक्रमको सःशुल्क तथा अन्य शैक्षिक कार्यक्रमको पनि उम्मेदवार रहेछ भने सो को लागि हुने म्याचिङमा समावेश हुन सक्नेछ । असहमति नजनाउने र मनोनयन भएको सिटमा भर्ना पनि नगर्ने उम्मेदवारले यसपछि प्राप्त हुने कुनैपनि छात्रवृत्ति (विदेशी समेत) कोटा र सःशुल्क समूहमा समेत समावेश हुन नपाउने सूचनामा उल्लेख छ ।

पूर्व मनोनयन सूची

Thuprai - Books and E-books