सीसीएमसीले अनुमति दिए चिकित्सा शिक्षा आयोगले असार २६ देखि एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने

चिकित्सा शिक्षा आयोगले आगामी २६ असार देखि एकीकृत प्रवेश परीक्षा सञ्चलन गर्ने तयारी थालेको छ । स्नातक तहको प्रथम वर्षमा भर्ना गर्ने समय केही ढिला भइसकेको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) संग अनुमतिले अनुमति दिए पाँच दिन भित्रका एकीकृत प्रवेश परीक्षा सक्नेगरी आयोगले तयारी थालेको हो ।आयोगले संक्रमणदर घटेको अवस्थामा काठमाडौँं उपत्यकामा सेन्टर तोक्ने र स्वास्थ्यका मापदण्ड पुरा गरी परीक्षा सञ्चालन गर्ने तयारी थालेको हो ।

कोभिड १९ का दोस्रो लहरका कारण सम्पूर्ण शैक्षिक क्षेत्र प्रभावित भएको भन्दै आयोगले परीक्षा सञ्चालन गर्ने तयारी थालेको आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले जानकारी दिए । ‘भर्ना केही ढिला भइसकेको छ, स्वास्थ्यको वर्तमान अवस्थालाई मध्येनजर राखी सीसीएमसीको सुझावलाई ध्यानमा राखि असार २६ देखि पाँच दिन भित्र स्नातक तहको सबै विषयको प्रवेश परीक्षा सक्ने गरी तयारी थालेका छौं ।’ प्रवक्ता लुइटेलले भने, ‘हामी एकीकृत प्रवेश परीक्षामा विद्यार्थीको प्राप्तांकको आधारमा आफ्नो अनुकूल तथा कलेज विद्यार्थीलाई रोज्न लगाइ भर्नाका लागि सिफारिस गर्छौं ।’

आयोगले परीक्षा हुनुभन्दा १५ दिन अघि सार्वजनिक सूचना जारी गर्नुपर्ने भएकोले सीसीएमसीले असार दोस्रो हप्ताको सुरुका दिनमा नै जानकारी दिने र सोही अनुसार कार्यसम्पादन गरिने प्रवक्ता लुइटेलले जानकारी दिए ।

आगामी शैक्षिक सत्रका लागि आयोगमा विभिन्न विषयमा अध्ययनर गर्न इच्छुक ३२ हजार ८०० विद्यार्थीले प्रवेश परीक्षाका लागि फारम भरेका छन् । प्रवक्ता लुइटेलका अनुसार यो वर्ष ११ हजार ३०० जनाले एमबीबीएसका लागि फारम भरेका छन् ।

आयोगले गत जेठ ३१ गते स्नातक तहका सबै विषयको सिट निर्धारण गरेको थियो । आयोगले एमबिबिएस र बिडिएस पढाई हुने २२ मेडिकल कलेजका लागि एमबिबिएस तर्फ विभिन्न कलेजलाई १८३५ सिट प्रदान गरेको छ । त्यस्तै स्वास्थ्यका अन्य विषय पढाइहुने ७६ कलेजलाई आयोगले सिट संख्या तोकेको हो । जस अन्तर्गत बिएससी नर्सिङ तर्फ ११०० सय, बिएससी एमएलटी तर्फ ४२५, बिएससी एमआइटी तर्फ ७१, बिएससी मेडिकल माइक्रोबायोलोजी तर्फ २०, बिएससी मेडिकल बायोकेमेस्ट्रीलाई २०, बिपिटी तर्फ १५०, बिफार्मा ९०२, बिपिएच १४२०, बिओप्टोमेट्री ६७, बिएनएस ९एम्आईडी० ७०, बिएनएस ११९५, बिडीएस ५६५, बिएएसएलपी ६, बिएएमएस ८०, परफ्यूजन टेक्नोलोजी तर्फ ५ सिट निर्धारण गरेको छ ।

Thuprai - Books and E-books