काठमाडौं । मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढि शुल्क असुल्दै आएका छन् । तर, सरकारले ती मेडिकल कलेजहरुलाई कानुनि कारवाहिको दायरामा ल्याउन सकेको छैन ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, विद्यार्थी र कलेज सञ्चालकबीच ८ चैतमा बढि लिएको शुल्क फिर्ता गर्ने सहमति भएको थियो । तीन महिना वितीसक्दा पनि शुल्क फिर्ता कार्यान्वयनमा आउन सकेको छैन ।
सहमतिपत्रमा विश्वविद्यालय, कलेज सञ्चालक र मन्त्रालयका प्रतिनिधिहरूले शुल्क फिर्ताको अनुगमन गर्ने भनिएको छ । अहिलेसम्म पनि काठमाडौंस्थित किस्ट मेडिकल कलेज, पोखरास्थित गण्डकी मेडिकल कलेज, भैरहवास्थित युनिभर्सल मेडिकल कलेज, वीरगन्जस्थित नेसनल मेडिकल कलेजलगायतले बढी लिएको शुल्क फिर्ता गर्न चासो नदिएको पाइएको छ । ती कलेजले छात्रवृत्ति प्राप्त विद्यार्थीवाट समेत अत्यधिक शुल्क लिएका छन् ।
सरकारले काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार शुल्क निर्धारण गरेको थियो । तर, अधिकांश मेडिकल कलेजले २० लाख रुपैयाँभन्दा बढी रकम असुल्दै आएको पाइएको छ ।