After SEE Portal

एम एड प्रथम सत्रान्तको परीक्षा फाराम भर्ने सम्बन्धी सूचना: त्रिभुवन विश्वविद्यालय

Bridge Course

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय

डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा

बल्खु, काठमाडौं, नेपाल 

एम एड प्रथम सत्रान्तको परीक्षा फाराम भर्ने सम्बन्धी सूचना 

शिक्षाशास्त्र सङ्कायअन्तर्गत २०७६ साल साउन/भाद्रमा सञ्चालन हुने खुल्ला तथा दूर सिकाइ २ सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह प्रथम सेमेस्टर (नियमित तथा आशिक) तर्फको परीक्षामा सम्मिलित हुन चाहने विद्यार्थीहरूले २०७६ साल असार मसान्तभित्र आ-आफ्नो क्याम्पसमा सम्पर्क गरी परीक्षा आवेदन फाराम बुझाउनु हुन सूचित गरिन्छ । साथै सबै क्याम्पसहरूले नियमानुसार लाग्ने शुल्क प्रति विद्यार्थी रु. १५००/- (एक हजार पाँचसय रुपैयाँ) (ODL/ICTE को हकमा प्रति विद्यार्थी रु. २५००।- (दुई हजार पाँचसय रुपैयाँ)) का दरले यस कार्यालयको खातामा जम्मा गरेको सक्कल बैंक भौचर २०७६ साल साउन ३ गतेभित्र यस शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयको परीक्षा नियन्त्रण महाशाखामा आइपुग्ने गरी बुझाउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

नोट: 

१) परीक्षा आवेदन फाराम भर्न तोकिएको म्याद समाप्त भएको मितिले ७ दिन (मिति २०७६।४।७ गते) सम्म दोब्बर शुल्क तिरी परीक्षा फाराम बुझाउन सकिने छ । 

२) यस सङ्कायबाट २०७५ साल माघ महिनामा सञ्चालित प्रवेश परीक्षामा उत्तीर्ण भई सम्बन्धित | क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले मात्र परीक्षा आवेदन फाराम भर्न पाउनेछन् । यदि उक्त प्रवेश परीक्षामा उत्तीर्ण नभएका विद्यार्थीले परीक्षा आवेदन फाराम भरेको पाइएमा सो फाराम स्वतः रद्द हुनेछ।

 ३) कुनै कारणवश कुनै विद्यार्थी अध्ययनरत क्याम्पसबाट अन्य क्याम्पसमा स्थानान्तरण भएको भए | स्थानान्तरण पत्रको प्रतिलिपि परीक्षा आवेदन फारामसाथ संलग्न गर्नुपर्नेछ ।

 ४) आन्तरिक मूल्याङ्कनको प्राप्ताङ्ग विषय कोडको क्रम संख्याअनुसार परीक्षा आवेदन फाराममा सम्बन्धित क्याम्पसले नै भरी पठाउनु पर्नेछ । 

५) परीक्षा शुल्क यस कार्यालयको ने.बैं.लि. कीर्तिपुर, च.हि.नं.: ०४५००१०००९९०४३०००००१ वा ग्लोबल बैंक लि. कीर्तिपुर, च.हि.नं. : ०५०१०१०००००९२ खातामा जम्मा गर्न सकिनेछ । 

६) म्याद नाघि वा रीत नपुगी आएका फारामहरु उपर कुनै कारवाही हुने छैन ।

 ७) परीक्षा सञ्चालन तालिका पछि प्रकाशन गरिनेछ ।

 ८) परीक्षा आवेदन फाराम यस कार्यालयको वेबसाइट www.tufoe.edu.np बाट समेत प्राप्त गर्न सकिनेछ ।

सहायक डीन


A Levels MA
Thuprai - Books and E-books