A Levels MA

चिनियाँ विश्वविद्यालयमा अध्ययन गरेका एमबीबीएसका विद्यार्थीले नेपालमानै  इन्टर्नसीप गर्न पाउने

कोरोनाका कारण चीनका विभिन्न विश्वविद्यालयमा एमबीबीएस पुरा गर्न नसकेका विद्यार्थीलाई नेपालमै २ वर्ष इन्टर्नसीप गर्न पाउने भएका छन् ।

नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा आयोगको सहमतिमा २०१६ ब्याजका विद्यार्थीले नेपालमै  इन्टर्नसीप गर्न पाउने भएका हुन् ।

एक वर्षे अनिवार्य इन्टर्नसीप नेशनल गाइडलाइन्स फर मेडिकल इन्टर्नसीप ट्रेनिङ २००७ अनुसार वा विश्वविद्यालयले तोकेबमोजिम पुरा गर्नुपर्ने, इन्टर्नसीपभन्दा पहिलेको एक वर्षे अध्ययनको हकमा चार वटा प्रमुख विषयहरु मेडिसिन, सर्जरी, गाइनेअब्स र पेडियाट्रिक्स समावेश गर्नुपर्ने निर्णय भएको काउन्सिलले जानकारी दियो ।

मेडिकल काउन्सिल वा सम्बन्धित कलेजमा सम्पर्क गरी यथार्थ विवरण बुझेर मात्रै विद्यार्थीहरुको अपुग अध्ययन अवधि एकिन गरेर अध्ययन सुरु गर्ने र कोरोनासँग सम्बन्धित रहेर विदेशमा अध्ययन गरेका विद्यार्थीको अध्ययन अध्यापन गर्ने विषय सम्बोधन नहुने काउन्सिलले  जानकारी दियो ।

Thuprai - Books and E-books