After SEE Portal

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबीबीएस प्रवेश परीक्षाको २५% तर्फको नतीजा प्रकाशित

Bridge Course

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कूल अफ मेडिसिनको शैक्षिक सत्र २०७६/०७७ अन्तर्गत मिति २०७६/६/११ म सम्पन्न MBBS प्रवेश परीक्षाको छात्रवृत्ति तर्फको ७५% शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विद्यार्थी छनौट भई सकेको हुँदा बाँकी रहेको २५% को हकमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमानुसार योग्यताक्रम तयार गरि यो सूचना प्रकाशित गरिएको छ ।

छनौटमा परेका विद्याथीहरुलाई २०७६ पुस १४ गते देखि २०७६ पुस २५ गते भित्र (बुधबार र शनिबार बाहेक बिहान १००० बजे देखि अपरान्ह ३:०० बजेसम्म अभिभावक सहित भर्ना हुन आउनका लागि सूचित गरिन्छ ।

तोकिएको समय अवधि मित्र भर्ना हुन नआएमा बैकल्पिक सूचिबाट योग्यताक्रम अनुसार भर्ना लिईनेछ ।

भर्नाका लागि शल्क विवरण :

(क) शिक्षण शुल्कः रु. ४,०२३,२५०।

पहिलो बर्ष: १,३४१,०८५

दोस्रो बर्ष : १,३४१,०८५

तेस्रो बर्ष :४,४७,०२८

चौथो बर्ष:४,४७,०२६

पाँचौं बर्ष: ४,४७,०२६

(ख)अन्य शुल्कः 

ख.१) प्रतिष्ठान रजिष्ट्रेशन शुल्क रु. ५,०००।- (एक पटक) 

ख.२) नेपाल मेडिकल काउन्सिल रजिष्ट्रेशन शुल्क रु. ५,०००।- (एक पटक) 

ख.३) स्वास्थ्य बीमा शुल्क रु. ३,०००।- (प्रति बर्ष) होस्टेल बस्ने विद्यार्थीहरुले होस्टेल शुल्क रु.५०००।- (प्रति महिना) र होस्टेल धरौटी (Refundable Deposit) वापत रु. २०,०००।- जम्मा गर्नपर्नेछ ।

Download

Waiting list of candidates based on merit

A Levels MA
Thuprai - Books and E-books