एमबिबिएस र बिडिएसको सिट सङ्ख्या निर्धारण

नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबिएस र बिडिएसको सिट सङ्ख्या कात्तिक ३ गते निर्धारण गरेको थियो । आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिक सत्र २०७६÷०७७ लागि मेडिकल कलेजका लागि नयाँ सिट निर्धारण गरेको हो ।

काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ । काउन्सिलका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (एमबिबिएस १०० र बिडिएस ५०) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (एमबिबिएस ६५), काठमाडौँ स्कूल अफ मेडिसिन धुलिखेल (एमबिबिएस ८५बिडिएस ५०), नोबेल मेडिकल कलेज (एमबिबिएस १०० र बिडिएस ३५) ले सिट प्राप्त गरेका छन् ।

यसैगरी विराट मेडिकल कलेज (एमबिबिएस ७५), काठमाडौँ मेडिकल कलेज (एमबिबिएस १०० र बिडिएस ५०), नेपाल मेडिकल कलेज (एमबिबिएस १०० र बिडिएस ५०), कलेज अफ मेडिकल साइन्सेस (एमबिबिएस १०० र बिडिएस ५०) र लुम्बिनी मेडिकल कलेज (एमबिबिएस १००), नेपालगञ्ज मेडिकल कलेज( एमबिबिएस १००), मनिपाल मेडिकल कलेज (एमबिबिएस १००), देवदह मेडिकल कलेज (एमबिबिएस ५०) र कान्तिपुर डेन्टल कलेजल (बिडिएस ५०) को सिट सङ्ख्या निर्धारण गरेको थियो ।

Thuprai - Books and E-books