मावि लाइसेन्सको नतिजा सार्वजनिक,४९.५५ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण (नतिजासहित)

शिक्षक सेवा आयोगले माध्यमिक तह लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ६क। को उपनियम (१) बमोजिम  गत भदौ २३ गते सञ्चालन गरेको माध्यमिक तह, अध्यापन अनुमतिपत्रको लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुमध्ये प्रदेशगत रुपमा नतिजा सार्वजनिक गरेको हो ।

आयोगले सातै प्रदेशका नतिजा सार्वजनिक गरेको छ । 

मावि लाइसेन्स परीक्षामा ४९.५५ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।कुल ४९ हजार १७० परीक्षामा सहभागी भएकोमा २४ हजार ३३६ जना उत्तीर्ण भएका छन् । 

जसमध्ये कोशी प्रदेशका ७७०१ जना सहभागी भएकोमा ३८.३९ प्रतिशत वा ३८१९ जना मात्र उत्तीर्ण भएका छन् ।भने मधेश प्रदेशबाट ७१९२ जना सहभागी भएकोमा २५०४ वा ३४.८२ प्रतिशत उत्तीर्ण भएका छन् ।

त्यस्तै बागमती प्रदेशका १२२९३ जना सहभागी भएकोमा ६५५७ जना वा ५३.३४ प्रतिशत उत्तीर्ण भएका छन् ।त्यसैगरी लुम्बिनी प्रदेशबाट ७५५९ जना सहभागी भएकोमा ४१४१ जना वा ५४.७४ प्रतिशत उत्तीर्ण भएका छन् । 

त्यस्तै गण्डकी प्रदेशबाट ३९८८ जना सहभागी भएकोमा २२९० जना वा ५७.४२ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै कर्णालीबाट ४७४४ जना सहभागी भएकोमा २२९९ वा ४८.४६ प्रतिशत पास भएका छन् । त्यसैगरी सुदुरपश्चिमबाट ५६९३ जना सहभागी भएकोमा २७५६ वा ४८.४१ प्रतिशत उत्तीर्ण भएका छन् ।

 

आयोगले मोबाइलको मेसेज बक्समा गई टीएसएलसी स्पेस ११डिजिट रोल नं टाइप गरेर ३१००७ मा एसएम्एस गरी हेर्न सकिने छ । आयोगले २०८० वैशाख  ३१ गते गरेको लाइसेन्सको विज्ञापनको नतिजा एसएमएसबाट समेत हेर्न बनाएको छ ।

कोशी प्रदेशको नतिजा

मधेश प्रदेशको नतिजा

बागमती प्रदेशको नतिजा 

गण्डकी प्रदेशको नतिजा

लुम्बिनी प्रदेशको नतिजा 

कर्णाली प्रदेशको नतिजा

सुदूरपश्चिम प्रदेशको नतिजा