After SEE Portal

केन्द्रबाट स्वीकृति नलिएका पाठ्यसामग्री प्रयोग गरे कारबाही गरिने

Bridge Course

केन्द्रबाट स्र्वकृत नभएका पाठ्यपुस्तक प्रयोग भएको पाइएमा कारबाही गरिने पाठ्यक्रम विकास केन्द्रले चेतावनी दिएको छ ।

आफूखुसी पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएका पाठ्यपुस्तक तथा विदेशी पाठ्यपुस्तकहरू प्रयोग गरेको  पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

केन्द्रले शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा ८ तथा शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ६ मा विद्यालयले नेपाल सरबारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यसामग्री लागु गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

पटक पटक सचेत गराउँदा पनि केन्द्रले स्वीकृत गरेका बाँहेक अन्य पाठ्यपुस्तक  विद्यालयले किन्न लगाउने गरेको गुनासो आउने गरेको केन्द्रले जानकारी दियो ।

विद्यालयले पाठ्यक्रम प्रारुप, २०७६ भन्दा बाहिरका पाठ्यपुस्तक खरिद नगर्न समेत सचेत गराको छ ।

A Levels MA