Bachelors Portal

इन्जिनियरको नाम दर्ता परीक्षामा फेल हुने विदेशी विश्वविद्यालयका धेरै

नेपाल इन्जिनियरिङ काउन्सिलले लिएको साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

परिषद्ले मंसिर २२ देखि २८ गते सम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

सूचना तथा संचार प्रविधि केन्द्र इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा सञ्चालन गरेको परीक्षामा ४७.१७ प्रतिशत इन्जिनियर मात्र उत्तीर्ण भएका छन् ।

सो परीक्षामा सहभागी हुनका लागि ६ हजार ६८ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये २४७ जना परीक्षामा अनुपस्थित रहेको परिषद्ले जानकारी दियो ।

परिषद्का अनुसार सो परीक्षामा २ हजार ७४७ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

सो परीक्षामा सहभागी भएका त्रिभुवन विश्वविद्यालयका २३३६ जना मध्ये १६६५ जना मात्र उत्रीर्ण भएका छन् । त्रिविका ६७१ जना परीक्षार्थी अनुत्रीर्ण भएको परिषदले जानकारी दियो ।

त्यसैगरी पोखरा विश्वविद्यालयका १४३१ जना परीक्षार्थी मध्ये ५८५ जना पास भएका छन् भने ८४६ जना अनुत्रीर्ण भएका छन् ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयका ५३७ जना परीक्षार्थी मध्ये १९८ जना पास भए भने ३३९ जना फेल भएका छन् ।

त्यसैगरी काठमाडौं विश्वविद्यालयका १६९ परीक्षार्थी मध्ये १०८ जना उत्रीर्ण भएका छन् भने ६१ जना फेल भएका छन् ।

त्यस्तै, मध्यपश्चिम विश्वविद्यालयका ४५ जना परीक्षार्थी मध्ये १३ जना पास र ३२ जना फेल भएका छन् ।

यस्तै, सुदुरपश्चिक विश्वविद्यालयका २१ जना परीक्षार्थी मध्ये १२ जना पास र ९ जना फेल भएका छन् भने विदेशी विश्वविद्यालयका १२८२ जना परीक्षार्थी मध्ये १६५ जना पास भएका छन् भने १११७ जना फेल भएका छन् ।

प्रतिशतका आधारमा हेर्दा त्रिविका ७१.२८, काठमाडौंका ६३.९१, सुदुरपश्चिमका ५७.१४, पोखराका ४०.८८, पूर्वाञ्चलका ३६.८७, मध्य पश्चिमका २८.८९ र विदेशी विश्वविद्यालयका १२.८७ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।

नतिजा हेर्नुहोस्ः

 

Thuprai - Books and E-books