A Levels MA

नेपाल मेडिकल काउन्सिलका कार्यक्रम हेरफेर

नेपाल मेडिकल काउन्सिलले राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ अनुसार आफ्ना केही कार्यक्रम हेरफेर गरेको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लागुभई चिकित्सा शिक्षा आयोग गठन भएपश्चात राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ समेत जारी भएको हुँदा सोही अनुसार आफ्ना कार्यक्रम परिवर्तन गरेको हो ।

चिकित्सक दर्ता परीक्षा सञ्चालन, चिकित्सक दर्ता तथा खारेजी, असल चारित्रिक प्रमाणपत्र (गुडस्टाण्डिंग सर्टिफिकेट) र भेरिफिकेसन , व्यावसायिक आचरण सिपिडी (निरन्तर व्यावसायिक उन्नयन) मात्र नेपाल मेडिकल काउन्सिलबाट सम्पादन हुने भएका काउन्सिलबाट हुने भएका छन् ।

काउन्सिलले आज एक सूचना जारी गरी मेडिकल डेण्टल कलेज सञ्चालनको मान्यता मेडिकलर डेण्टल कलेजको निरीक्षण, अनुगमन र सीट संख्या निर्धारण, शिक्षण शुल्क निर्धारण, पठनपाठनको गुणस्तर मापन र निर्धारण, योग्यता निर्धारण प्रमाणपत्र (इलिजिबिलिटी सर्टिफिकेट), ऐन तथा नियमावलीमा तोकिएका अन्य कार्यहरू चिकित्सा शिक्षा आयोगबाट सम्पादन हुने जानकारी दियो ।

Thuprai - Books and E-books