Bachelors Portal

व्यवस्थापन र प्रविधिबारे अन्तर्राष्ट्रिय सम्मेलन

Managed Admission 2022

मेगा नेशनल कलेजले ‘व्यवस्थापन र प्रविधिको सम्भावना र चुनौती’ विषयमा शनिबारदेखि दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

विद्यार्थीलाई अनुसन्धानमुखी बनाउन उक्त सम्मेलनको आयोजना गर्न लागिएको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलेजका प्राचार्य डा घनश्यामप्रसाद शाहले सम्मेलनबाट विद्यार्थी र शिक्षकको अन्तर्राष्ट्रिय पहुँच बढ्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा व्यवस्थापन क्षेत्रसँग जोडिएका विलय तथा प्राप्ति, सांस्कृतिक विविधिकरण, कामदारको विविधिकरण, नवीन आविष्कारलगायत मुद्दा विद्यार्थीका लागि अपर्याप्त हुने भएकाले प्रविधिसँग विद्यार्थीलाई प्रोत्साहन गरिने उहाँले बताउनुभयो ।

नेपालमा राजनीतिक स्थिरता कायम गर्न व्यवस्थापन र प्रविधिको क्षेत्रमा शैक्षिक प्रयास, अन्तर्राष्ट्रिय अभ्यास तथा नेपालको अवस्थाका बारेमा वृहत छलफल गरी आवश्यक निष्कर्ष निकाल्न सम्मेलन फलदायी हुने विश्वास गरिएको छ । सम्मेलन कलेज परिसर कुमारीपाटीमा हुनेछ । 

उक्त सम्मेलनमा नेपालसहित भारत, चीन, अमेरिका, फ्रान्स, जर्मनी, बेलायत, कोलम्बियालगायत देशका प्रतिष्ठित व्यक्तिको सहभागिता रहने बताइएको छ ।

Select college / campus