After SEE Portal

मालिकार्जुन गाउँपालिका शिक्षक कर्मचारीलाई राजनीति गर्न निषेध

Bridge Course

 

मालिकार्जुन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले  पालिकाभित्र कार्यरत सबै शिक्षक तथा कर्मचारीहरूलाई राजनैतिक दलसंगको आवद्धता निषेध गर्ने निर्णय गरेको छ । 

कार्यपालिकाको १३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले शिक्षक तथा कर्मचारीहरूको  दलसंगको आवद्धता निषेध गर्ने गर्ने निर्णय गरेको हो ।

गाउँपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीले कुनै राजनैतिक दलको आवद्धता लिएको भए सात दिन भित्र त्यागी त्याम्न लगाई सोको जानकारी यस कार्यालयमा पेश गर्न  प्रमुख प्रशासकीय अधिकृत सुरजप्रसाद जोशी र अध्यक्ष हिरा सिंह धामीले शिक्षक तथा कर्मचारीलाई पत्राचार गरेका छन् । सो पत्रमा निर्देशन नमान्ने शिक्षक कर्मचारीलाई  प्रचलित कानून बमोजिम कारबाही गरिने निर्देशन दिएका छन् ।

A Levels MA
Thuprai - Books and E-books