A Levels MA

बागमतीमा मावि शिक्षक बढुवा (नतिजा सहित)

 

शिक्षक सेवा आयोगले कार्य सम्पादन मूल्याङ्कनको आधारमा बागमती प्रदेशको माध्यमिक तह द्वितीय श्रेणी शिक्षक बढुवा गरेको गरेको छ ।

शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशको निर्णय अनुसार शिक्षक बढुवाको नामावली प्रकाशित गरिएको हो ।

बढुवाका लागि निवेदन दिएका उम्मेदवारहरू मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकहरूको नमावली प्रकाशित गरीएको आयोगले आज जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

बढुवा सिफारिस समितिको निर्णयमा चित्त नबुझ्ने शिक्षकले सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सक्ने सूचनामा उल्लेख गरेको छ । 

Thuprai - Books and E-books