शिक्षक सेवा आयोगले विज्ञान विषयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा ९विषयगत० को नतिजा प्रकाशन गरेको छ ।
आयोगले अहिले सूचना जारी गर्दै गत असार ९ गते लिएको लिखित परीक्षाका नतिजा सार्वजनिक गरेको हो ।
आयोगले आगामी असोज २०, २१ र २२ गते आयोगको कार्यालयमा अन्तर्वार्ताका लागि लिखित परीक्षामा सफल उम्मेद्वारलाई बोलाएको छ ।
आयोगले नतिजामा चित्त नबुझे पुनर्योगका लागि भदौ २९ गते कार्यालय समयमा आवेदन दिन समेत सूचित गरेको छ ।