पहिलो र चौंथो सेमेस्टरको सत्रान्त परीक्षा फाराम भर्ने सम्बन्धी जरुरी सूचना : ​त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय  मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालय, बल्खु, काठमाडौं 

पहिलो र चौंथो सेमेस्टरको सत्रान्त परीक्षा फाराम भर्ने सम्बन्धी जरुरी सूचना । 

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयबाट सञ्चालित शैक्षिक वर्ष २०१९ का नियमित तथा सोभन्दा अघिका आंशिक परीक्षार्थीहरूको पहिलो सेमेस्टरको सत्रान्त परीक्षा आगामी भाद्र दोस्रो हप्ताबाट र शैक्षिक वर्ष २०१७ का नियमित तथा सोभन्दा अघिका आंशिक परीक्षार्थीहरुको चौथो सेमेस्टरको सत्रान्त परीक्षा आगामी भाद्र अन्तिम हप्ताबाट सञ्चालन हुने भएकाले सम्बन्धित सबै विद्यार्थीहरूलाई २०७६ साल आषाढ २७ गते सम्ममा आ-आफ्नै क्याम्पस विभागमा परीक्षा फाराम भर्नका लागि सूचित गरिन्छ ।

साथै, सम्बन्धित क्याम्पस विभागहरूले फारामहरू रुजु गरी अंग्रेजीको वर्णानुक्रमानुसार मिलाई प्रथम सेमेस्टरको | प्रति विद्यार्थी रु. १५००/- (एक हजार पाँच सय) र चौथो सेमेस्टरको प्रति विद्यार्थी रु. १०००/(एक हजार) का दरले यस सङ्कायको नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखामा रहेको चल्ती खाता नं. ५००१०००९९०४५०००००१ मा जम्मा गरी सक्कल भौचर र आन्तरिक मूल्याङ्कन सहित अनिवार्यरूपले असार मसान्तभित्र यस कार्यालयमा पठाउनुहुन समेत अनुरोध गरिन्छ । 

पुनश्च : 

१. परीक्षा आवेदन फाराम यस कार्यालयबाट प्राप्त गर्न सकिने छ । साथै, यस कार्यालयको Website: www.tufohss.edu.np बाट Download गरी प्राप्त गर्न सकिने छ ।

२. आन्तरिक मूल्याङ्कन छुट्टै खाममा सिलबन्दी गरी पठाउनु हुन अनुरोध गरिन्छ । आन्तरिक मूल्याङ्कन नभएका परीक्षार्थीहरूको परीक्षा फाराम बुझिने छैन ।

३. परीक्षार्थीहरूले त्रि.वि, दर्ता नं. अनिवार्यरूपमा परीक्षा फाराममा उल्लेख गरेको हुनुपर्ने छ । अन्यथा त्रि.वि, दर्ता ने, नभएका परीक्षार्थीहरूको परीक्षाफल प्रकाशित नहुने व्यहोरा समेत | जानकारी गराइन्छ ।

सहायक डीन |

Thuprai - Books and E-books