CMAT

लुम्बिनी प्राविधिक विश्वविद्यालयले मंसिर २० गतेदेखि कक्षा सुरु गर्ने

Bachelors Portal

लुम्बिनी प्राविधिक विश्वविद्यालयले मंसिर २० गतेदेखि पहिलो पटक कक्षा सञ्चालन गर्ने भएको छ ।

‘बिटेक इन सिएस एण्ड एआई’ र ‘बिटेक इन आइटी’ को कक्षा सञ्चालनका लागि विश्वविद्यालयले सम्पूर्ण तयारी गरी सकेको हो ।

पहिलो वर्ष दुवै कार्यक्रममा २४–२४  जना विदँर्थी भर्ना भएका छन् । विश्वविदालयले बुधबार विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिसकेको छ।

गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न लुम्बिनी प्रदेश सरकारले आफ्नो गौरवको योजनाअन्तर्गत विश्वविद्यालय स्थापना गरेको  विश्वविदँलयका उपकुलपति प्राडा विनोदप्रसाद ढकालले बताए । ‘विश्वविद्यालयले समयमै कोर्ष पूरा गर्ने, समयमा नतिजा सार्वजनिक गर्ने छ ।’ उनले भने, ‘विश्वविद्यालयभित्र राजनीतिक गतिविधि निषेध गर्ने र विद्यार्थीलाई व्यावहारिक शिक्षामा जोड दिइने छ ।’

विश्वविद्यालय सेवा आयोगका सदस्य प्राध्यापक कृष्णप्रसाद घिमिरेले व्यवहार उपयोगी शिक्षा आवश्यक रहेकोमा जोड दिँदै विश्वविद्यालयले सोही शिक्षालाई सिकाउन प्रयत्न गर्ने बताए । यस्तै प्रदेश सचिव सुमन घिमिरेले सैद्धान्तिकभन्दा प्रयोगात्मक शिक्षा प्रभावकारी हुनेमा जोड दिए ।

प्राविधिकको माग विश्व बजारमा धेरै भएको अवगत गराउँदै उनले भने, ‘आइटी क्षेत्रले धेरै फड्को मारेको हुँदा यसको माग धेरै छ र पढेको व्यक्ति आफ्नो खुट्टामा उभिन सक्छ।’

४८–४८ जनाका लागि सिट निर्धारण गरेको दुवै कार्यक्रममा ४ जनालाई पूर्ण छात्रवृत्ति र १२ जनालाई नियमित शुल्कमा अध्यापन गराउने  विश्वविद्यालयले यस अघि नै घोषणा गरेको थियो ।

बी टेक इन सीएस एन्ड एआईको कोर्ष चार वर्षे (आठ सेमेस्टर) हो । यो कोर्षमा कम्प्युर विज्ञान र एआई दुवै क्षेत्रको विषयहरू समेटिएको रजिस्ट«ार रेगबहादुर भण्डारीले बताए । उनका अनुसार प्रविधि तथा एआईसँग सम्बन्धित उद्योगका लागि जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले केही फरकपना समावेश गरिएको छ ।  यो कोर्षका लागि  १२ जनालाई १ लाख १६ हजार र पूर्ण शुल्कतर्फ  ४ लाख २५ हजार रुपियाँ शुल्क लाग्ने उनले जानकारी दिए ।

बी टेक इन आईटीका चार वर्षे (आठ सेमेस्टर) हो । यो कोर्ष अध्ययन गर्ने विद्यार्थीलाई आईटी प्रिन्सिपल, कम्प्युटर सिस्टम, प्रोग्रामिङ ल्याङ्ग्वेज, नेटवर्किङ, डेटाबेस र सफ्टवेयर डेभलपमेन्टका विषयवस्तु समावेश गरिएको रजिष्टार भण्डारीले जानकारी दिए । कोर्षका लागि १२ जनालाई नियमित शुल्कमा  पढ्न एक लाख ३० हजार र पूर्ण शुल्कमा छ लाख २० हजार रुपियाँ लिने विश्वविद्यालयले निर्णय गरेको छ ।

बी टेक इन सीएस एन्ड एआईका लागि कक्षा ११–१२ मा फिजिक्स, केमेस्ट्री र म्याथ विषय लिई न्यूनतम ‘सी’ ग्रेड अथवा सेकेन्ड डिभिजन ल्याएका विद्यार्थीले आवेदन दिन सक्ने विश्वविद्यालयका रजिष्टार रेगबहादुर भण्डारीले बताए । उनका अनुसार बी टेक इन आईटी कार्यक्रमका लागि कक्षा ११–१२ मा जुनै विषय लिए पनि न्यूनतम ‘डीप्लस र एलेवल गरेको भए डी’ ग्रेड प्राप्त गरेको हुनुपर्छ ।

Thuprai - Books and E-books
I Tech store