लकडाउनः विद्यार्थीले कसरी सदुपयोग गर्ने ?

वास्तवमा विद्यार्थीको लागि लकडाउनको समय उपयुक्त हो । विद्यार्थीहरुले अनुसन्धान गर्न असाध्यै राम्रो समय पाएका छन् । त्यो अनुसन्धान भनेको हजुरबुवा हजुरआमाको ज्ञान, आफूमा रहेको ज्ञान र बुवाआमाको ज्ञानको विचको अनुसन्धान कुनै पनि विषयमा हुन सक्छ । 

कृषि होला, बन होला, वातावरण, उद्योग, खेती सबै विषयमा अनुसन्धान गर्न सकिन्छ । सानो कक्षादेखि पि.एच.डि. गर्ने विद्यार्थीसम्म अन्तरपुस्ता ज्ञानको लागि पनि यो ठुलो अवसर हो । 

कृषि होला, बन होला, वातावरण,उद्योग, खेती सबै विषयमा अनुसन्धान गर्न सकिन्छ । सानो कक्षादेखि पि.एच.डि. गर्ने विद्यार्थीसम्म अन्तरपुस्ता ज्ञानको लागि पनि यो ठुलो अवसर हो । 

दोस्रो अवसर के हो भने मिडियालाई असाध्यै उपयोग गर्ने परिवेश हो यो । कारणः केटाकेटीहरु स्कुल जानुपर्ने छैन । दिनभरि मिडियासंग छुट हुन्छन्, त्यहि भएर स्कुलमा जाँदा सवैले मिडियासंग नजिक हुने अवसर पाउँदैनन् । विद्यालय जाँदा शिक्षकलाई मात्र सुनिरहनुपर्ने हुन्छ । दिनभरि रेडियो सुनेर, के के विश्लेषण गर्ने रहेछन्, दिन भरी रेडियोले के भन्दो रहेछ ? त्यसमा राजनीतिको कुरा कति हावी हुँदो रहेछ, सामाजिक विषय कति उठाउँदा रहेछन् वा कुन कुरा हावी हुँदो रहेछ, त्यसलाई विश्लेषण गर्ने अवस्था हुन्छ । सानो कक्षादेखि ठुलो कक्षासम्मले विश्लेषण गर्न सक्ने भए ।

यो रेडियो टेलिभिजनमा उठेका विषयहरुको विश्लेषण गर्ने उपयुक्त अवसर हो । तेस्रोः विद्यार्थीहरुले सम्भावना खोज्ने पनि ठुलो अवसर हो । जसरी अहिले कोरोना भाइरस (कोभिड–१९) को वारे टेलिफोनले जानकारी दिन्छ ।

 यो अवसरमा विद्यार्थीको शैक्षिक क्यालेन्डर रोक्नुपर्दैन । भर्ना टेलिफोनबाट लिदाँ हुन्छ । पैंसा तिर्ने समस्या पनि हुँदैन, बैंकबाट वा अनलाईनमार्फत् पैंसा तिर्न मिल्छ ।

त्यस्तै,कृषिमा के गर्न सकिन्छ, कुन बेलामा मेरो बारीमा के लगाउने, कसरी लगाउने, बनमा के गर्दा राम्रो, प्रविधिमा के कस्तो गर्ने भन्ने कुराहरु सिक्ने अवसर पनि यो हो । मान्छेहरुलाई ह्याण्ड इन्फरमेसन जसरी हातमा छिट्टै आउने सिपको प्रयोग गर्न सक्ने असाध्यै राम्रो अवसर छ । पढाईमा एकेडेमिक क्यालेन्डरले विग्रियो भन्ने जुन धारणा छ त्यसलाई नविगारी काम गर्न सक्ने सम्भावना पनि छ । 

हाम्रो नेतृत्वको सोंच बदल्न नसक्ने एउटा समस्या होला नत्र भनेदेखि म कसरी देख्छु भने विद्यार्थीहरुले आफ्ना पुर्खाहरुले प्रयोग गरेको पुर्खेयौली कितावहरु पल्टाएर, आधुनिक किताव पल्टाएर अथवा प्रश्न आफैले बनाएर त्यो प्रश्नको उत्तर आफैले दिएर अथवा शिक्षकले दिएको प्रश्न विश्लेषण गरेर नयाँ कुरा खोज्ने यो एउटा सुनौलो अवसर पनि हो ।

हाम्रो नेतृत्वको सोंच बदल्न नसक्ने एउटा समस्या होला नत्र भनेदेखि म कसरी देख्छु भने विद्यार्थीहरुले आफ्ना पुर्खाहरुले प्रयोग गरेको पुख्र्यौली कितावहरु पल्टाएर, आधुनिक किताव पल्टाएर अथवा प्रश्न आफैले बनाएर त्यो प्रश्नको उत्तर आफैले दिएर अथवा शिक्षकले दिएको प्रश्न विश्लेषण गरेर नयाँ कुरा खोज्ने यो एउटा सुनौलो अवसर पनि हो ।

यो अवसरमा विद्यार्थीको शैक्षिक क्यालेन्डर रोक्नुपर्दैन । भर्ना टेलिफोनबाट लिदाँ हुन्छ । पैंसा तिर्ने समस्या पनि हुँदैन । बैंकबाट वा अनलाईनमार्फत् पैंसा तिर्न मिल्छ ।

जहाँ छैन बैंकहरुले व्यवस्था गर्न सक्छन् । मान्छेहरुले कुनै न कुनै तरिकाले केहि गर्न सक्ने सम्भावना छ । त्यसलै मैले जहाँपनि सम्भावना पनि देख्छु । 

सरकारले लक डाउन गर्यो यो बेला ठिक हो । तर, दुइ वटा कुरामा सरकार असाध्यै चुक्यो । कोरोना विरुद्ध हाम्रो शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ भन्न जान्ने तर, क्षमता के गरी बढ्छ भन्नेबारे भन्न नसक्नु ।

यस विषयमा विज्ञहरु गम्भीर बन्नुपर्छ । हाम्रो प्रयासले हाम्रो जीवनमा के गरेका छौं, कुन खाना बढाउनुपर्ने कुन घटाउनुपर्ने हो । हिमालको मान्छेले सिस्नु खाने हो की तराईको मान्छेले ढडिया खाने हो की कुन किसिमको खानेकुरा खाँदा राम्रो हुन्छ, त्यो विषयमा सचेतना बढानउनुपर्ने आवश्यक ठान्छु  । अझैपनि गर्न सक्ने समय छ । हाम्रा पुर्खाहरु मुर्ख होइनन् हामी जान्नेका सन्तति हौं ।

कोरोना विरुद्ध हाम्रो शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ भन्न जान्ने तर, क्षमता के गरी बढ्छ भन्ने बारे भन्न नसक्नु । यस विषयमा विज्ञहरु गम्भीर बन्नुपर्छ । हाम्रो प्रयासले हाम्रो जीवनमा के गरेका छौं, कुन खाना बढाउनुपर्ने कुन घटाउनुपर्ने हो । हिमालको मान्छेले सिस्नु खाने हो की तराईको मान्छेले ढडिया खाने हो की कुन किसिमको खानेकुरा खाँदा राम्रो हुन्छ, त्यो विषयमा सचेतना बढानउनुपर्ने आवश्यक ठान्छु म ।

 

एसईईको परीक्षदेखि पिएचडिको परिक्षा लिने प्रणालीको सन्दर्भमा सरकार चुकेको पाए । बास्तवमा उनीहरुलाई अहिले घरमै बसेर जाँच लिने व्यवस्था मिलाएको भए एकदम राम्रो हुन्थ्यो । यसले गर्दा विद्यार्थीको समयपनि वर्वाद हुँदैनथ्यो । कम्यूनिष्टको भाषामा क्रान्तिकारी पढाई हुन्थ्यो । जो विश्व जगतमा विक्छ पनि । भोलीका शिक्षकहरुलाई पनि अहिलेका शिक्षकहरुले भोगेको जस्तो समस्या भोग्नु पर्दैनथ्यो ।

अहिले शिक्षक, प्रधानाध्यापकहरु, प्याव्सन, ऐन प्याव्सन, शिक्षक संगठनहरुले विद्यार्थीको निम्ति न्याय गर्ने शिक्षण पद्धति अवलम्वन गर्न सकेनन् । यो कुरामा पनि न्याय गर्ने हो भने लकडाउन अवसर हो । 

विद्यार्थीको काम तथ्याकं खोज्ने हो तथ्यगत कुरा खोज्ने हो । जस्तैः सगरमाथाको उचाई कति हो ? यस्तो विद्यार्थीहरुले घोक्नुपर्दैन । सोधेर सूचना मात्रै बटुले हुन्छ । परम्परागत कृषिका बारेमा ज्ञानहरु लिन सकिन्छ ।

जस्तो कोरोनाको केसमा यो वेलामा हाम्रो खेतीलाई विचार गरौं हामी हिजो अविकसित, हाम्रो कृषि परम्परा असाध्यै परम्परागत र उपयुक्त रहेछ ।

हाम्रो बस्ती ओल्लो डाँडाँ, पल्लो डाँडाँ पहिले नै रहेछ । १३ दिनसम्म नछुने चलनपनि आइसोलेसन रहेछ । मान्छे मरेपछि धुप धुवा हालेर मात्र नदीमा तार्ने भनेको डिसइन्फेक्टेन्ट रहेछ ।