Bachelors Portal

भारतको उद्यमशील सम्मेलनमा लिवर्टी कलेजले सहभागिता जनाउने

भारतको केरेला स्थित लीड कलेज अफ म्यानेजमेन्टमा हुन गईरहेको ‘राष्ट्रिय उद्यमशील सम्मेलन २.० मा लिवर्टी कलेजका विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।

सो कार्यक्रममा दुई ओटा टोलीले आफ्नो विचार प्रस्तुत गर्ने र तीन जना कार्यक्रममा सहभागी गरी ७ जना विद्यार्थी, तीन जना व्यवस्थापन समिति सहितको १० जनाको टोली उक्त कार्यक्रममा जाने भएको हो ।

उक्त कार्यक्रममा उपस्थित हुनको लागि कलेजले व्यापारका विद्यार्थीहरू मध्य एलिभेटर पीचको माध्यमबाट आफ्नो आफ्नो विचार प्रस्तुत गराएको थियो त्यसमध्ये टप ४ ले कार्यक्रममा प्रस्तुति गर्दै छन् भने टप ७ मा पर्ने बाँकी ३ जनाले सहभगिता जनाउने कलेजले जानकारी दियो ।

सो कार्यक्रममा भारतका १०७ र नेपालका ३ गरी जम्मा ११० टोलीले प्रस्तुति दिने छन् । संभावित लगानीकर्ताहरू र संगी नवप्रवर्तकहरूसँग जोडिनको लागि एउटा अद्वितीय प्लेटफर्म प्राप्त गर्ने कलेजको विश्वास छ । जनवरी २६ देखि २८ सम्म हुने यो तीन दिने कार्यक्रम प्रतिस्पर्धा मात्र नभएर युवालाई उद्यमी र उद्यमशीलतासंग जोड्ने आयोजकको विश्वास छ ।

Thuprai - Books and E-books