After SEE Portal

पाठ्यक्रम विकास केन्दद्वारा लेटर ग्रेडिङ पद्धतिः सहयोगी पुस्तिका सार्वजनिक (पुस्तिका सहित)

Bridge Course

पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङ कार्यान्वयनमा शिक्षक तथा प्रधानाध्यापकलाई सहयोग पुयाउने उद्देश्य लेटर ग्रेडिङ पद्धतिः सहयोगी पुस्तिका प्रकाशन गरेको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले विद्यार्थी मूल्याङ्कन र प्रमाणीकरण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले तय गरेको मूल्याङ्कन पद्धतिलाई मार्गनिर्देश्न गर्न पुस्तिका सार्वजनिक गरेको हो ।

विद्यार्थी मूल्याङ्कनलाई पाठ्यक्रममा आधारित बनाउन र सिकाइको मूल्याङ्कनलाई सिकाइका लागि मूल्याङ्कनका रूपमा कार्यान्वयन गर्नुपर्ने, विद्यालय शिक्षाको आन्तरिक र प्रयोगात्मक परीक्षालाई विश्वासनीय र मर्यादित बनाउने, विद्यालय शिक्षाका विभिन्न विषयमा आन्तरिक र बाह्य मूल्याङ्कनमा एकरूपता कायम गर्ने र मूल्याङ्कनलाई निश्चित मापदण्डमा आधारित बनाउन जोड दिँदै केन्द्रले पुस्तिका सार्वजनिक गरेको जनाएको छ ।

केन्द्रले विद्यार्थीको सिकाइ सक्षमतालाई यथारूपमा प्रमाणीकरण गर्न सिकाइ उपलब्धिको मापनबाट प्राप्त अङ्कगत स्तरलाई आठओटा अक्षरगत स्तरमा सूचित गर्ने गरी लेटर ग्रेडिङपद्धति कार्यान्वयनमा ल्याइएको छ । पुस्तिकामा मूल्याङ्कन प्रणालीलाई वस्तुनिष्ठ, विश्वसनीय, वैध तथा भरपर्दो बनाउन र एकरूपता कायम गर्न सैद्धान्तिक एवं प्रयोगात्मक दुवै पक्ष समावेश गर्नुका साथै आन्तरिक र बाह्य मूल्याइकनलाई समेट्नु पर्ने आवश्यकतालाई दृष्टिगत गरी विभिन्न कक्षाका लागि तयार गरिने ग्रेडसिटका नमुनाहरू समावेश गरिएको केन्द्रले जानकारी दियो ।

साथै यसमा स्तरीकृत औसत अंक निकाल्ने तरिका र लेटर ग्रेडिङको कार्यान्वयनमा विभिन्न निकायको भूमिकालगायतका विषयवस्तु समावेश गरिएको छ । पुस्तिकाले लेटर ग्रेडिङको कार्यान्वयनसंग सम्बन्धित कार्यका लागि सहयोग पुयाउने अपेक्षा गरिएको केन्द्रले जानकारी दियो ।

लेटर ग्रेडिङ पद्धतिः सहयोगी पुस्तिका

A Levels MA