माथिल्ला कक्षामा चढ्दै जाँदा सिकाइ उपलब्धि  झनझन खस्कँदै

I Tech store

विद्यालय तहको सिकाइ प्रक्रिया तल्ला कक्षामा भन्दा माथिल्ला कक्षामा चढ्दै जाँदा सिकाइ उपलब्धि  झनझन खस्कँदै गएको पाइएको छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) बाट हालसम्म गरिएका ११ ओटा राष्ट्रिय परीक्षणको मुल प्राप्ति र प्रवृत्तिलाई विश्लेषण गर्दै प्रकाशन गरेको सुधार कार्य योजना, २०७९ मा विद्यार्थीको समग्र उपलब्धि कमजोर देखिएको उल्लेख गरेको छ ।

उक्त कार्य योजनामा इआरओले माथिल्लो कक्षामा चढ्दै जाँदा विद्यार्थीको उपलब्धि खस्कदैँ गएको उल्लेख गरेको छ । उक्त कार्य योजनामा कक्षा  तीन र पाँच भन्दा कक्षा आठमा उपलब्धि झन खस्किएको उल्लेख गरेको छ ।

उक्त अध्ययनले भाषिक समूह, गणितको पाठ्यक्रम तल्लो कक्षाको आधारमा माइलस्टोन ढाँचामा निर्मित हुनु तल्लो कक्षाको सिकाइको जग बलियो नहुनु जस्ता कारणले उपलब्धि कमजोर हुँदै गएको उल्लेख गरेको छ ।

विद्यालयगत रुपमा उपलब्धिमा उच्च अन्तर

इआरओको अध्ययनले विद्यालय, विद्यालयको भौगोलिक अवस्थाले पनि सिकाइमा फरक पारेको उल्लेख गरेको छ । निजी सुबिधा सम्पन्न विद्यालयमा पढ्ने विद्यार्थीको उपलब्धि राम्रो देखिएको छ । सामाजिक आर्थिक अवस्थाका कारण एउटै समुदायका बालबालिका दुई थरि विद्यालयमा अध्ययन गर्ने अवस्था चिन्ताजनक रुपमा देखा परेको उल्लेख गरेको छ ।

 पठनीय सिप कमजोर

राष्ट्रिय विद्यालय परीक्षण, प्रारम्भिक कक्षामा पढाइ सिपको कार्यान्वयनका सिलसिलमा गरिएको अध्ययनले विद्यालय स्तरका बालबालिकाको पठन सिप कमजोर भएको तथ्य सार्वजनिक गरेको छ ।

घरमा सिकाइको वातावरण, बुबाआमाको शिक्षा, पेसाजस्ता विषयले विद्यार्थीको उपलब्धिमा फरक पर्ने सो अध्ययनमा उल्लेख गरेको छ । प्रारम्भिक कक्षाको सिकाइ उपलब्धिमा शिक्षकको शिक्षण कलामा भर पर्ने गरेको उल्लेख गरेको छ ।

दक्षता मापन गर्नुपर्ने

तल्लो कक्षामा देखिएका सिकाइका सामान्य त्रुटि नै माथिल्लो कक्षामा जाँदा गम्भीर बन्ने गरेको पाइएको छ । खुल ार तर्कपूर्ण उत्तर दिने वा आलोचनात्मक चिन्तन र सिर्जजनसिलता जस्ता विषयलाई प्राथमिकता नदिँदा दीर्घकालीन सिकाइमा असर पर्ने सो अध्ययनमा दवेखाइएको छ ।

 सामाजिक समूह

विद्यार्थी जन्मेको समाजिक मूल्य मान्यता, रितिरिवाज, परम्पराले पनि सिकाइमा प्रभव पर्ने देखिएको छ । सामाजिक मूल्यमान्यताको प्रभावमा सिकाइ प्रभावित भएको उल्लेख गरेको छ । विशेषगरि दलित समुदायका बालबालिका र गणित विषयबाँहेकका अन्य विषयमा मधेसी समुदायका विद्यार्थीको सिकाइ कमजोर रहेको उल्लेख गरेको छ ।

गृहकार्य र पृष्ठपोषण पाउने विद्यार्थीको सिकाइ राम्रो

सिकाइलाई शिक्षण कला, शैलि र प्रक्रियाले प्रभाव पार्ने उल्लेख गरेको छ । सो अध्ययनले विद्यालयमा गृहकार्य दिने, त्यसको पृष्ठपोषण दिने शिक्षकले पढाएका विषयको सिकाइ अन्य विषयको भन्दा तुलनात्मक राम्रो देखिएको उल्लेख गरेको छ । सिकाइको प्रभावी तत्वका रुपमा शिक्षकको तयारी, उत्प्रेरणा, उत्तरदायित्व प्रणाली तथा विद्यालय व्यावस्थापन समिति र अभिभावक सक्रिय भएका विद्यालयको सिकाइ उपलब्धि राम्रो भएको पाइएको छ ।

Thuprai - Books and E-books