A Levels MA

एलबीईएफद्वारा ई न्यूज लेटरको शुरुवात र मिलापको आयोजना

२५ साउन २०७५, काठमाडौं– लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कलेजको मुखपत्र एलबीईएफ कनेक्ट नामक ई न्यूज लेटरको शुरुवात गरेको छ । सो अनलाइन पत्रिकाको एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसन्सका अध्यक्ष श्री पंकज जालानले कलेजले पूर्व विद्यार्थीहरुको वार्षिक भेटघाट कार्यक्रम मिलापमा लोर्कापण गर्नुभयो । कलेजको गतिविधीको जानकारी दिन र विद्यार्थी र शिक्षकहरुको रिर्सच पेपरहरु समेट्नेगरि एलबीईएफ कनेक्ट नामक यस अनलाइन पत्रिकाको शुरुवात गरेको कलेजले जनाएको छ ।

एलबीईएफले पहिलो पटक आयोजना गरेको पूर्व विद्यार्थीहरुको वार्षिक भेटघाट कार्यक्रम मिलाप कालिकास्थान, डिल्लिबजारमा रहेको अमृत भोगमा आयोजना भएको थियो  । मिलाप नामको वार्षिक भेटघाट कार्यक्रमले पूर्व विद्यार्थीहरुको समुदायबलियो बनेको सुनिश्चित गर्छ । सयौंको संख्यामा रहेका ग्रयाजुएटहरु एक अर्कासँग भेटघाट र कुराकानी गरेको दृश्यले कार्यक्रम निकै व्यस्त देखिन्थ्यो । एलबीईएफसँग ७,३८८ जनाको अलुम्नाइ छ जसमा नेपाल, अमेरिका, युरोप, अष्टे्रलिया, क्यानडा र दक्षिण एसियामा १२३ जनाभन्दा धेरै सीईओहरु छन् ।

सो कार्यक्रम एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसन्सका अध्यक्ष श्री पंकज जालानको अध्यक्षतामा समपन्न भएको थियो ।  अलुम्नाइलाई सम्वोधन गर्दै अध्यक्ष जालानलेए लबीईएफको ठूलो अलुम्नाइ सञ्जालमा जोडिने पहलका लागि खुसी व्यक्ति गर्नुभयो । उहाँले कार्यक्रममा सहभागी भएकोमा सबैलाई धन्यवाद पनि दिनुभयो । एलबीईएफको नयाँ भवन जुलाई २०१८ सम्म तयार हुने ठूलो घोषणा पनि कार्यक्रममा गरिएको थियो ।

स्वागत मन्तव्य राख्दैसंस्थाका कार्यकारीश्री प्रकाश कुमारले भन्नुभयो, ‘यो हामी सबैका लागि एकदमै रमाइलो र विगत सम्झाउने खालको अनुभव हो । तपाईंहरु सबैले एलबीईएफलाई सिक्न र हुर्कनका लागि एकदमै राम्रो ठाउँ बनाउनका लागि योगदान पुर्याउनुभएको छ । यो कार्यक्रम यस्तै सानो पहल हो जुन एलबीईएफको ठूलो अलुम्नाइ सञ्जाललाई सँगै ल्याउनका लागि शुरुवातको रुपमा रहनेछ ।’

यस अवसरमा सुन्दर साँझमा २०१८ को ब्याचसम्मका उपस्थित पूर्व विद्यार्थीहरुले आफ्नो युवाकाललाई सम्झिदैं र पुराना साथीहरुलाई भेटेर यो कार्यक्रमको मजा लिइरहेका थिए । यो कार्यक्रमको शुरुवातपछि ‘विभिन्न ब्याचका विद्यार्थीहरुले आफ्नो कथाहरु सुनाउने मन्तव्य’ को कार्यक्रम राखिएको थियो । सो कार्यक्रममा यस संस्थामा १ दशक भन्दा बढी देखि नै काम गरिरहेका कर्मचारीहरुलाई प्रशंसा पत्रवितरण गरिएको थियो । कार्यक्रमको दोस्रो सत्रमा कलेजको रहेको शोशल क्लबले साँस्कृतिक कार्यत्रलम प्रस्तुत गरेको थियो ।

एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसन्सको बारेमा

सन् १९९८ मा स्थापना भएको लर्ड बुद्ध एजुकेसन फाउन्डेसन (एलबीईएफ)को विभिन्न शैक्षिक कार्यक्रममा उत्कृष्टताको स्थापित परम्परा छ । आज लर्ड बुद्ध कलेजले एसिया प्यासिफिक विश्वविद्यालय, मलेसियाअन्तर्गत बीबीएम, बीएस्सी (अनर्स) आईटी, एमबीए र एमएस्सी आइटीएम कार्यक्रम सञ्चालन गर्दछ । एलबीईएफ क्याम्पस नेपालको पहिलो आइटी कलेज हो । यो मैतिदेवीमा मैतिदेवी मन्दिरको अगाडि छ । पाटन कलेज फर प्रोफेसनल स्टडिज, एलबीईएफ र अक्षर विद्या मन्दिर (स्मार्ट स्कूल) एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसन्स अन्तर्गतका तीन फरक फरक संस्थाहरु हुन् ।

Thuprai - Books and E-books