उत्कृष्ट १३ विद्यार्थीलाई ल्यापटप

सूर्यविनायक नगरपालिका भक्तपुरले २०७७ को माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याएका १३ जना विद्यार्थीहरुलाई ल्यापटप प्रदान गरेको छ ।नगर शिक्षा शाखाले सामुदायिक विद्यालयमा पढ्ने उत्प्रेरणा पुर्याउने पुर्याउने उद्देश्यले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई ल्यापटप प्रदान गरेको हो ।नगरपालिकाले उच्च शिक्षा पढ्दा विद्यार्थीलाई सहज बनाउन र सामुदायक विद्यालयमा अध्ययन गर्न प्रोत्साहनका लागि आइतबार ल्यापटप वितरण गरिएको नगरपालिकाकी शिक्षा तथा युवा खेलकुद शाखाकी उपनिर्देशक सरस्वती कोइरालाले जानकारी दिइन् ।

नगरपालिकाभित्र रहेको १० वटा माध्यामिक विद्यालयबाट सबैभन्दा बढी अंक ल्याएर पास गर्ने प्रत्येक विद्यार्थीलाई ल्यापटप वितरण गरिएको उपनिर्देशक कोइरालाले बताइन् ।

फोटोः नगर शिक्षा शाखा 

उनले भनिन्, ‘प्रत्येक माविबाट उत्कृष्ट अंक सहित उत्तीर्ण प्रत्येक एक जनालाई दिने कार्यक्रम हो तर कतिपयले समान अंक ल्याएर पास गरेका छन् । त्यसैले समान अंक ल्याउने १३ जनालाई ल्यापटप दिएका हौं ।’