After SEE Portal

पढाइप्रति बालबालिकाको रुचिमा कमी

Bridge Course

कोरोना सङ्क्रमण उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेन । विद्यालय जान नपाएका पूर्व पाथमिक तहका बाबालिका अहिले पढ्न नमान्ने, लेख्न तथा पढ्न सबै विर्सिएको अभिभावकले गुनासो गर्न थालेका छन् ।

अधिकांश घरेलु कामदारका छोराछोरी र कृषि पेसामा आवद्ध परिवारका छोराछोरीले सबै पढाइ सबै बिर्सिएका छन् । भक्तपुरका शिवबोल न्यौपाने स्थानीय रेन्बो इन्टरनेसल स्कुलमा युकेजीमा पढ्छन् । उनी महामारी सुरुहुनु अघि नै कख, एबीसीडी सबै लेख्न सक्थ्यो तर अहिले पेन्सिल समाउन समेत बिर्सिएको उनकी आमा सीता न्यौपानेले बताइन् । ‘श्रीमानले घरमा समय दिनु हुन्न, अफिस जानु हुन्छ म खेतबारीको काममा जानुपर्छ भ्याउँदिन ।’ उनले भनिन, ‘लामो समय छोरालाई संगै राखेर लेख्न पढ्न नसिकाउँदा  सबै बिर्सियो ।’

काठामाडौंमा ज्यालामजुरी गरेर स्थानीय विद्यालयमा आफ्ना छोरी छोरी पढाउँदै आएका भोजकुमार कार्की पनि कामको चापले गर्दा आफूले छोराछोरीलाई समय दिन नसक्दा लेख्न पढ्न बिर्सिएको बताउँछन् ।

पाँचथरबाट बसाइसरी छोराछोरीको उज्जवल भविष्य खोज्दै पाँच वर्ष अगाडि काठमाडौं छिरेका टीका चुहान पनि महामारीमा आफ्नो छोराले जानेको कुरा पनि लेख्न पढ्न बिर्सिएको गुनासो गर्छन् ।

अनलाइन पठनपाठनमा सहभागी भएका माथिल्लो कक्षाका बालबालिकामा पनि पढाइप्रति उत्साह नभएको पाइएको छ । विद्यार्थी नियमित रुपमा विद्यालयमा उपस्थिति भए पनि अध्ययनमा पूर्ण रुपमा सक्रियता देखाउन सकेको स्थिति छैन । गृहकार्य गर्न समेत पहिलाको तुलनामा कमी देखिएको छ । अहिले भौतिक उपस्थितिमा कक्षा सञ्चालन भए पनि बालबालिकाहरुको ध्यान किताबमा केन्द्रीत नभई अन्य पक्षमा बढी केन्द्रित भएको पाइएको छ । न्यू होराइजन स्कुल पाल्पाका प्रिन्सिपल, डासुराम पन्तले अनलाईन शिक्षामा विद्यार्थीको मोह किताबी ज्ञान आर्जनमा भन्दा मोबाइल प्रयोगप्रति बढेको बताए । ‘कक्षाकोठामा विद्यार्थी रहेपनि घरमा कतिबेला गएर मोबाइल प्रयोग गर्ने मानसिकता बढेको छ ।’ उनी भन्छन्, ‘पहिला कक्षामा एकै पटकमा सझिलै गहन कुरा बुझ्ने विद्यार्थी पनि अहिले धेरै पटक बुझाउनु परेको छ, बेलाबखत हामी के भनिरहेका छौं सो समेत विद्यार्थीले सुनेका हुँदैनन् ।’

कोरोना सङ्क्रमणको जोखिमले सुनसान विद्यालय धमाधम खुलेपछि शिक्षक विद्यार्थीको उपस्थितिले चहलपहल ल्याएको हो । पाल्पाका स्थानीय तहले भदौको अन्तिम, असोज महिनाको पहिलो साताबाट विद्यालय नियमित रुपमा सञ्चालनमा ल्याएका छन् । लामो समय विद्यालय बन्द हुँदा निरुत्साहित विद्यार्थी शिक्षकको उपस्थितिमा अध्ययन गर्न पाउँदा उत्साहित भने देखिएका छन् ।

विद्यालय परिसरमा सहकर्मीसँग दैनिक भेटघाट र अभ्यास, खेलकूदका गतिविधिमा नियमित सहभागिता हुन पाउँदा खुसी लागेको न्यू होराइजन स्कुल पाल्पामा कक्षा १० मा अध्ययनरत रञ्जन भण्डारीले बताए । ‘कक्षामा पढेको आन्नद नै छुट्टै छ, छुट्टै रमाइलो भनेको पनि सजिलै बुझिने ।’ उनले भने, ‘अब फेरी हामीले जस्तो महामारीका कारण कोही कसैले पनि विद्यालय जान नपाइ घरैमा बस्नु नपरोस् ।’

पाल्पाका विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन भएसँगै विद्यालयमा शिक्षक, विद्यार्थीको चहलपहल देखिएको छ । राम आधारभूत विद्यालय, बगनासकालीका प्राधानाध्यापक गुनबहादुर गाहाले जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयका शिक्षकले स्वास्थ्य मापदण्डको पालना गराउन चासो देखाउनुपर्ने बताए । तर, अधिकांश विद्यालयमा खासै चासो नदेखाउदा विद्यार्थीमा कुनै उत्साह देखिएको छैन । पाल्पाका निजी तथा सरकारी विद्यालयसमेत विद्यार्थीले मुखमा मास्क, सेनिटाइजर र सामाजिक दूरीलाई अनिवार्य गरिनुपर्ने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

A Levels MA