After SEE Portal

काठमाडौ विश्वविद्यालयले आर्टिफिसियल इन्टेलिजेन्समा कक्षा सञ्चालन गर्ने

Bridge Course

काठमाडौ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्ग अन्तर्गत कम्प्यूटर साइन्स एण्ड इन्जिनियरिङ्ग विभागले आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक÷एमटेक एआई) विषयमा स्नातक र स्नाकोत्तर कार्यक्रम सुरु गर्ने भएको छ ।

स्थानीय तथा विश्वव्यापी रुपमा यस क्षेत्रसँग सम्वन्धित विशेषज्ञहरु उत्पादन गरी राष्ट्र सेवा गर्ने उद्देश्यले विश्वविद्यालयले पहिलो पटक यो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

विश्वविद्यालयले स्नातक तहमा ३० र स्नाकोत्तर तहमा १० जनाको सिट सहित काभ्रेको पाँचखालमा आवासीय मोडमा कक्षा सञ्चालन गरिने विश्वविद्यालयले जानकारी दियो ।

ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक इन एआई) पर्याप्त व्यवहारिक प्रशिक्षण दिएर स्नातक विद्यार्थीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिने विश्वविद्यालयका प्रवक्ता इक्कुमाया पुनले जानकारी दिइन् । यो कार्यक्रममा इन्टर्नशिपको माध्यमबाट परियोजनामा आधारित सिकाईको माध्यमबाट विद्यार्थीहरुलाइ व्यवहारिक ज्ञान प्रदान गरिने विश्वविद्यालयले जानकारी दियो ।

स्नातकका विद्यार्थीले एआई प्रविधि र विधिहरु प्रयोग गरी यो कार्यक्रमसंग सम्वन्धित कम्पनी तथा संस्थाहरुमा डाटामा आधारित निर्णयहरु कार्यान्वयन गर्न , यो कोर्ष मार्फत सम्बन्धित विद्यार्थीहरुले विभिन्न डाटा विश्लेषण गर्न सक्नुको साथ स्वचालित मेसिन प्रविधि निमार्ण गर्न सक्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यो कार्यक्रममा प्राविधिक आधारभूत प्रोग्रामिङ्ग, कम्प्यूटर विज्ञान, गणित र सांख्यिकीका परिचयात्मक पाठ्यक्रमबाट सुरु गर्ने विश्वविद्यालयले जानकारी दियो ।

योे कोर्षमा विद्यार्थीहरुले विशेषगरी एआई अवधारणाको साथै पछि कुनै परिपेक्षको खोज, गेम डेभलपमेन्ट, मेसिन लर्निङ्ग, न्यूरल नेटवर्क, कम्प्यूटर भिजन, भाषा सम्वन्धी र अधिक जटिल विषयहरु सहितका प्रविधिका विषयमा कक्षा सञ्चालन गरिने भएको छ । स्थानीय तथा विश्वब्यापी रुपमा आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रसँग सम्वन्धित विशेषज्ञहरु उत्पादन गर्ने छौं’–स्कुल अफ इन्जिनियरिङ्ग विभागका डिन प्राडा मनिष पोखरेलले भने, ‘कोभिड १९ पछि विश्वमा उब्जिएको संकटमा नयाँ नयाँ अवस्थाको सिर्जना भयो उक्त अवस्था सामाना गर्न सक्ने जनशक्ति समुदायस्तरमै राखेर तयार गर्न यो कार्यक्रम सुरु गरिएको हो, यो कार्यक्रम विज्ञान र इन्जिनियरिङ्ग भन्दा फरक र सहि अर्थमा भन्दा दुबैको मिश्रण हो।’

एउटा विद्यार्थीले यो कार्यक्रम पुरा गर्न चार वर्ष लाग्ने उनले जानकारी दिए । चार वर्षमा यो कोर्सका लागि प्रति विद्यार्थी ८ लाख रुपियाँ शुल्क निर्धारण गरेको छ ।

त्यस्तै गरी मास्टर्स अफ टेक्नोलाजी इन आर्टिफिसियल इन्टेलिजेन्स (एमटेक इन एआई) कार्यक्रम कौशल, ज्ञान, उन्नत गणना, डाटा विज्ञान र एआई अध्ययनसंग सम्बन्धित अभ्यास गराइने छ । स्थानीय साथसाथै विश्वव्यापी रुपमा नयाँ अवसर सिर्जना गर्न मद्दत गर्ने विश्वविद्यालयको लक्ष्य छ । यो कार्यक्रम विशेषतः तीन मुख्य विषयबस्तुहरु यस मार्फत कभर गरिने डिन पोखरेल बताउँछन् ।

यो कोर्सका लागि दुई वर्षको ३ लाख ९५ हजार रुपियाँ शुल्क विश्वविदालयले निर्धारण गरेको छ । यो कार्यक्रमबाट उत्पादित जनशक्ति व्यापार, आर्थिक, सुरक्षा, उद्योग नियन्त्रण र इन्जिनियरिङ्गसंग सम्वन्धित व्यवहारिक जीवनका समस्याहरुसँग लड्नका लागि आफूले सिकेका कुराको प्रयोगात्मक परिक्षण गर्ने अवसरहरु प्रदान गर्ने डिन पोखरेलले बताए ।

 

A Levels MA
Thuprai - Books and E-books