A Levels MA

केयुको स्कुल अफ लले दुई नयाँ कार्यक्रम सुरु गर्यो

चालु शैक्षिक सत्रदेखि काठमाडौं विश्वविद्यालय स्कुल अफ–ल ले स्नातकोत्तर तहमा दुई ओटा नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  दुई वर्षमा चार सेमष्टरमा कक्षा पुरा गर्ने गरीको पाठ्यक्रम तयार गरेर भर्नाका लागि आवेदन माग गरेको छ ।

ऊर्जा र पूवार्धार (एनर्जी र इन्फ्रास्ट्रक्चर) का क्षेत्रमा दक्ष कानुनविद् उत्पादन गर्ने लक्ष्य सहित केयुले एएलएमएमईआइएलको कक्षा सञ्चालनमा ल्याउने भएको छ ।

एक सेमेष्टरमा २० जना विद्यार्थी भर्ना लिने

दक्ष अनुसन्धानकर्ता र व्यावसायिक कौशल सहितका जनशक्ति उत्पादन गर्न एउटा सेमेष्टरमा बढीमा २० जना मात्र विद्यार्थीलाई भर्ना लिने गरी भर्ना आवेदन खुला गरेको विश्वविद्यालयका उक्त कार्यक्रम संयोजक शिव गिरीले जानकारी दिए ।

यसको कक्षा स्कुल अफ ल धुलिखेल र ललिपुरमा सञ्चालन हुने भएको छ । सैद्धान्तिक, व्यावसायिक र प्रयोगात्मक परियोजना मार्फत् आफ्नो लक्ष्य हासिल गर्नका लागि विश्वविद्यालयले एक वर्ष लगाएर कार्यक्रम सञ्चालनका लागि तयारी गरेको संयोजक गिरीले जानकारी दिए ।

कस्ता जनशक्ति उत्पादन गर्छ

अन्य विश्वविद्यालयले प्रयोगमा नल्याएको पाठ्यक्रम बनाइ ऊर्जा र पूर्वाधारका क्षेत्रमा काम गरिरहेका व्यावसायी, इन्जिनियरले आफ्नो व्यावसायिक दक्षता अभिवृद्धि गर्न कानुनी सिप प्रदान गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको विश्वविद्यालयले जानकरी दियो ।

जलविद्युत, राजमार्ग, रेलमार्ग, सुरुङ, विमानस्थल लगायत ऊर्जा र पूर्वाधार परियोजनाहरूसँग सम्बन्धित कानुनी र नियामक मुद्दाहरूमा सिपयुक्त जनशक्ति उत्पादन र अन्तर्राष्ट्रिय स्तरको अध्ययन–अनुसन्धानकर्ता उत्पादन गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

यो कार्यक्रमका केही कक्षा अनलाइनमार्फत सञ्चालन गरिने भएको छ । केही विषयको पढाइ विदेशी प्राध्यापकबाट गराइने संयोजक गिरीले बताए । उनका अनुसार विदेशी विज्ञले एक हप्ता भौतिक उपस्थितिमा नै कक्षा लिने र अनलाइनबाट सञ्चालन गर्नु पर्ने चुनौती रहेको छ । अन्य व्यावसायिक व्यक्तिबाट सिप हस्तान्तरण गर्ने लक्ष्यका साथ विश्वविद्यालय अघि बढेको छ ।

यो कार्यक्रममा एउटा सेमेष्टर विद्यार्थीले अनुसन्धान नै गर्नु पर्ने गरी तयार गरेको छ ।

विश्वविद्यालयले यसको पाठ्यक्रम तीन समूहमा विभाजन गरेको छ । कानुन, विधिशास्त्र–नीतिशास्त्र र ऊर्जा र पूार्वाधारसंग जोडेर पाठ्यक्रम निर्माण गरेको छ ।

भर्नाका आधार

कानुन, इन्जिनियरिङ्, व्यवस्थापन, र अर्थशास्त्रमा न्यूनतम ५० प्रतिशत वा २.०–४.० सीजीपीए ल्याएका मान्यता प्राप्त विश्वविद्यालय वा काठमाडौं विश्वविद्यालयद्वारा मान्यता प्राप्त विश्वविद्यालय–बोर्डबाट सम्बन्धित कार्य अनुभव भएका स्नातक उत्तीर्ण नेपाली र गैर नेपाली विद्यार्थीले आवेदन दिन सक्ने संयोजक गिरीले बताए । कानुन विषयसंग सम्बन्धित विद्यार्थीले एलएलएम र कानुन बाहिरका विद्यार्थीले एमईआईएलमा भर्ना लिनुपर्ने छ । एमईआईएल डिग्री सामाजिक विज्ञानमा स्नातकोत्तर डिग्री हो । यसले कानुन व्यावसायी उत्पादन गर्ने नभइ कानुनी कौशल प्रदान गर्ने उनले बताए ।

Thuprai - Books and E-books