After SEE Portal

केयू आजदेखि  १५ दिन सम्म बिदा

Bridge Course

पछिल्लो समयमा कोभिड –१९ को सङ्क्रमण बढ्दै गएकाले पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौंँ विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ ।

विश्वविद्यालयले अत्यावश्यक  काम र स्कूल अफ मेडिकल साइन्सेजबाहेक अन्य सबै विभागलाई छुट्टि दिएको हो । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएका कारण काठमाडौं उपत्यकालगायत काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल र बनेपा नगरपालिका क्षेत्रमा पनि सङ्क्रमण बढ्ने सम्भावना दृष्टिगत गरी पूर्वसावधानीस्वरुप आजदेखि काठमाडौं विश्वविद्यालयमा  बिदा दिइएको  रजिष्ट्रार प्राडा सुबोध शर्माले  जानकारी दिए ।

केयुले आज एक सूचना जारी गर्दै  विश्वविद्यालय मातहतका स्कूल (अत्यावश्यक र स्कूल अफ मेडिकल साइन्सेजबाहेक)  सेवा १५ दिनसम्मका लागि स्थगन गरेको छ  । विश्वविद्यालयमा भौतिक उपस्थितिबाट गरिने कार्यक्रमहरु स्थगन भए पनि अनलाइन विधिबाट हाल जारी पठनपाठन भने  स्थयन नहुने विश्वविद्यालयले जानकारी दियो । 

A Levels MA
Thuprai - Books and E-books